Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौँ महानगरले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा डाक्टर र नर्स राख्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ ।

नगरपालिकाको आइतबार बसेको आठौं बोर्ड बैठकले सोही प्रस्ताव पारित गरेको हो । स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै वडामा क्लिनिक सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरिएको महानगरका मेयर बालेन्द्र साह बालेनले बताउनुभयो ।

एमबीबीएस डाक्टर नै राख्ने तयारी गरिएकोमा जनरल फिजिसियन राख्ने सुझाव आएकाले उहाँले बताउनुभयो। सोही प्रस्ताव पारित गरिएको र त्यसबाट स–साना समस्याका लागि अस्पताल धाउनुपर्ने बाध्यता हट्ने मेयर साहको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्