Logo
|
Saturday 27th April 2024
Logo

epaper

उपत्यकामा डेंगु प्रकोप : सरकारी अस्पतालहरू डेंगुका बिरामीले भरिन थाले



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा केही दिन यता डेंगुले प्रकोपको रुप लिन थालेको छ । पछिल्लो समय उपत्यकाका अस्पतालहरूमा डेंगुका बिरामी भरिन थालेका छन् भने सोमबार उपचारका क्रममा एक जनाको मृत्यु समेत भएको छ ।

त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीहरू भर्ना गरिएका छन् । टेकु अस्पतालमा डेंगुका बिरामीले बेड नै पाउन मुस्किल भईरहेको छ । टेकुमा चार जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार ३५ वर्षीय एक युवकको डेंगुका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

आकस्मिक कक्षमा पुग्ने अधिकांश बिरामी डेंगुको लक्षण हुने गरेको पनि अस्पतालहरुले जनाएका छन् । उच्च ज्वरो, थकान, जोर्नी दुख्ने, आँखाको गेडी सुन्निनेजस्ता लक्षण लिएर जाने अधिकांशमा डेंगु पुष्टि हुने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा ११, टेकुमा २२ जना, पाटन अस्पतालमा १५ जना, वीर अस्पतालमा ४ जना बिरामीलाई भर्ना गरेरै उपचार गरिएको छ । टेकु र पाटनमा दैनिक ५० देखि ६० जनाका दरले डेंगुका बिरामी पुग्ने गरेको पनि अस्पतालहरुले जनाएका छन् ।

पाटन अस्पतालले गत साउन १ यता ६ सय बढी बिरामीमा डेंगु पुष्टि भएको जनाएको छ ।

एडिस एजिपटाइप जातको पोथी लामखुट्टेको टोकाईबाट यो रोग सर्ने गर्दछ भने यो लामखुट्टे शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्