Logo
|
Thursday 25th April 2024
Logo

epaper

यी हुन प्रकोपका रुपमा डेंगू देखिएका १० जिल्ला



?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशका १० जिल्लामा प्रकोपका रुपमा डेंगू संक्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा सञ्जय ठाकुरले पछिल्लो २ हप्ताको तथ्याङ्क अनुसार डेंगू सङ्क्रमणको सङ्ख्या काठमाडौँ उपत्यकासहित मकवानपुर, दाङ, रुपन्देही, चितवन, काभ्रेपलान्चोक र तेह्रथुम जिल्लामा बढी देखिएको बताउनुभयो ।

प्रवक्ता डा।ठाकुरले यस वर्ष वर्षायामको सुरुवात भएसँगै डेंगू संक्रमण देखिँदा हालसम्म ११ हजार ६५ जनामा डेंगू संक्रमण भइसकेको र कूल सङ्क्रमितमध्ये ८४ प्रतिशत डेंगूका बिरामी ती १० जिल्लामा पाइएको बताउनुभयो ।

डेंगू लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नका लागि घर वरपरका खाल्डो पुर्ने, पानी जम्मा हुने ठाउँलाई सुख्खा तथा सफा राख्ने, सुत्दा झुल तथा धूपको प्रयोग गर्ने लगायतका सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्