Logo
|
Friday 19th April 2024
Logo

epaper

बारामा डेङ्गुको प्रकोप बढ्दै



जनस्वास्थ्य सरोकार, बारा । बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिनुभयो ।

उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । धेरै उपचार गराएर निको भई घर फर्केका छन् भने कतिपय प्रदेशिक अस्पताल कलैयामा उपचार गराइरहेको निमित्त प्रमुख यादवले भन्नुभयो ।

डेङ्गु रोग परीक्षण गर्ने कीटको अभावमा अझै रोग पत्ता लगाउन नसकेको हुँदा कीटको आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी दिएको निमित्त जनस्वास्थ्य प्रमुख यादवले जानकारी गराउनुभयो । डेङ्गु रोग अझै बढ्न सक्ने उहाँको भनाइ रहेको छ ।

बारामा डेङ्गुबाट अहिले मृत्यु भने भएको छैन । डेङ्गु रोग प्राणघातक रोग भएको हुँदा घर वरपर सरसफाइ राख्न, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिनेलगायतका स्वधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्