Logo
|
Saturday 27th July 2024
Logo

epaper

घुम्ती शिविरमा ३ सय २५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण



जनस्वास्थ्य सरोकार, बीरगंज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर बीरगंजले अलौमा आयोजना गरेको घुम्ती निःशुल्क स्वास्थ्य शिविरमा आज ३ सय २५ जनाको स्वास्थ्य परिक्षण गरेको छ । 

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले स्वर्गीय सुशील खेतानको सम्झनामा भारतीय महावाणिज्य दूतावासद्वारा उपलब्ध गराइएको विशेष एम्बुलेन्समार्फत चिकित्सक सहितको टोली लिएर वीरगन्ज महानगरपालिका वडा नम्बर २५ अलौका विभिन्न स्थानमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान अन्तरगत ३ सय २५ जनाको स्वास्थ्य जाँच गरिएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो । 

शिविरमा वीरगन्ज वडा नम्बर २५ का अध्यक्ष सन्जु छत्कुली, वडा २६ का अध्यक्ष शम्भु मिश्रा, प्रहरी निरीक्षक डिल्ली राज सापकोटा, बि.ओ.पि. ड्राइपोर्टका सशस्त्र प्रहरी निरीक्षक सुशील थापा, बिरगंज सामुदायिक आँखा अस्पतालका संयोजक महेश सिंह धामी, अभियन्ता दिलीप राज कार्की, रमगढ्वा एकता युवा क्लबका शिव राज पटेल लगायतको उपस्थिति रहेको थियो । 

स्वास्थ्य शिविरमा ३ सय २५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । 

बीरगंजको प्रभु अस्पताल, वीरगञ्ज सामुदायिक आँखा अस्पताल र रुंगटा वैलफेयर सोसाइटीको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको खेतानले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्