Logo
|
Friday 26th April 2024
Logo

epaper

तेस्रो पक्ष मान्यताले ‘हरेक परीक्षण हरेक ठाउँमा स्वीकार्य’




जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल गुणस्तर तथा तापतौल विभागको महानिर्देशकबाट २०६८ सालमा सेवानिवृत्त भएपछि २०७० सालबाट एक्रिडिटेसनको काम शुरु गरेको हो । त्यो बेला सरकारी तवरबाट आइएसओ एक्रिडिटेसन (मान्यता) ऐनका लागि मस्यौदा तयार पारेर उद्योग मन्त्रालयमा पु-याएका थियौं । तर बहालवाला मन्त्रीसँग स्वार्थको द्धन्दले मन्त्री परिषद्मा निर्णयका लागि पठाउन सिफारिस पाउन सकिएन । निश्चित कुरामा उहाँको चित्त नबुझेपछि त्यो फाइल अहिले मन्त्रालयमा थन्किएर बसेको छ । त्यसपछि निजीस्तरबाट भएपनि स्थापना गरेरै छाड्ने प्रतिवद्धता लिएँ ।

सरकारी निकाय नभएसम्म नेपाल गुणस्तर तथा नापतौल विभागबाट भएपनि एक्रिडिटेसन (मान्यता) गर्न मैले नै शुरुवात गरेको थिएँ ।


आईएसओमा एक्रिडिटेसन (मान्यता) र सर्टिफिकेसन (प्रमाणिकरण) अलि फरक हुन्छ । सर्टिफिकेसन व्यवस्थापनसँग सम्बन्धित हुन्छ । जस्तोः आईएसओ ९००१, १४००१, २२००१ आदि । यसमा प्राविधिक क्षमता भन्ने हुँदैन । व्यवस्थापन पक्षलाई मात्र एक्रिडिटेसन (मान्यता) दिनेलाई हामी प्रमाणिकरण (सर्टिफिकेसन) भन्छौं । त्यसैले व्यवस्थापन र प्राविधिक क्षमतालाई मान्यता प्राप्त निकाय (एक्रिडिटेसन वडी) ले प्रमाणित गर्नुपर्छ । तेस्रो पक्षले ल्यावका प्राविधिक पक्षहरुको मूल्यांकन गरी उपलब्ध गराउने आइएसओ १५१८९ हो ।

गुणस्तर प्रमाण चिन्ह आईएसओ १५१८९ लिन चाहने ल्यावहरुले क्वालिटी म्यानुअल (गुणस्तर पुस्तिका), क्वालिटी सिस्टम प्रोस्युडर (गुणस्तर प्रणाली प्रक्रिया), इक्युप्मेन्ट लिष्ट (उपकरण सुचि),स्टाफ लिष्ट (कर्मचारी सुचि), टेक्निकल अर्डिट रिपोर्ट (प्राविधिक लेखापरीक्षण प्रतिवेदन) उपलब्ध गराउनुपर्छ ।

नेपालमा आईएसओ दिने निकाय
नेपालमा आईएसओ १५१८९ मान्यता दिने निकाय एक्रिडिटेसन एजुकेसन रिसर्च एण्ड साइन्टिफिक सर्भिस सेन्टर (एईआरएसएससी) छ । यो अन्तर्राष्ट्रिय प्रयोगशाला मान्यता सहयोग (ILAC) र एशिया प्यासिफिक मान्यता (APAC)MRA दुवै मान्यता प्राप्त संस्था हो । एसिया प्यासिफिकको आईल्याक (इन्टरनेशनल ल्यावोरेटोरी एक्रिडिटेसन को—अपरेसन) ले मोनिटर गर्छ । यसबाट प्रदान गरिएको एक्रिडिटेसन प्रमाण चिन्हले नेपालमा भएका टेष्टहरु अन्तर्राष्ट्रियस्तरमा मान्य भएको प्रमाणित गर्छ । हामीलाई एमआरए सिग्नेटरी प्रदान गर्दा सदस्य राष्ट्रहरुसँग सोधेर मात्र मान्यता प्रदान गरिएको हुन्छ । सदस्य देशहरुले एमआरए (म्युचिएल रिकग्निसन एरेन्जमेन्ट) सिग्नेटरी प्राप्त गरेका हुन्छन् । भारतमा एक्रिडिटेसन दिने निकाय एनएबीएल हो । क्वालिटी म्यानुअल (गुणस्तर पुस्तिका), क्वालिटी सिस्टम प्रोस्युडर (गुणस्तर प्रणाली प्रक्रिया) प्रयोगशालाले बनाउनुपर्छ । कसैलाई समस्या भएमा निःशुल्क तालिम पनि उपलब्ध गराउँछौं ।

गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न के के आवश्यक पर्छ ?
जतिसुकै सानो वा ठूलो प्रयोगशाला भएपनि समान व्यवहार गर्नुपर्ने एक्रिडिटेसनको सिद्धान्तले प्रष्ट पारेको छ । जस्तैः एक्रिडिटेसन वडीले प्याथोलोजी ल्यावलाई आईएसओ १५१८९, केमिकल टेष्टिङ ल्यावलाई आईएसओ १७०२५ मान्यता दिएजस्तै एक्रिडिटेसन वडीलाई आईएसओ १७०११ प्रदान गरिएको हुन्छ ।

हामीलाई एप्याक र आईल्याकले दिन्छ । एक्रिडिटेसनको मेन वडी भनेकै आइल्याक (इन्टरनेशनल लेवोरेटोरी एक्रिडिटेसन) हो । यो अष्ट्रेलियामा छ ।

प्रतिक्रिया दिनुहोस्