Logo
|
Friday 29th March 2024
Logo

epaper

डा. धर्मागत भट्टराई अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्डबाट पुरस्कृत



जनस्वास्थ्य सरोकार, काठमाडौँ । डा. धर्मागत भट्टराई अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्डबाट पुरस्कृत हुनुभएको छ ।
युरोपियन सोसाइटी फर इम्युनोडिफीसियन्सिज (इसिड) ले डा भट्टराईलाई ‘इसिड ट्यालेन्ट अवार्ड २०२२’बाट पुरस्कृत गरेको हो ।


इम्युनोलोजी विषयमा युवा विज्ञले गरेका उपलब्धि र योगदानको कदर गर्दैअवार्ड दिइएको हो । यो सम्मान पाउने डा. भट्टराई दक्षिण एसियाकै पहिलो युवा इम्युनोलोजिस्ट बन्नुभएको छ। पुरस्कार अगस्टमा घोषणा गरिएको थियो ।


डा भट्टराईले ‘इसिड ट्यालेन्ट अवार्ड २०२२’बाट सम्मान पाएकोमा उत्साहित भएको बताउनुहुँदै आफूले क्लिनिकल निदान वैज्ञानिक अनुसन्धान, जनचेतना कार्य, योग्यता एवं इम्युनोलोजी विधामा र्पुयाएको योगदानको कदर भएकोमा उर्जा थपिएको बताउनुभयो ।

युरोपियन सोसाइटी फर इम्युनोडिफीसियन्सीज (इसिड) विश्वभरका सम्पूर्ण योग्यताप्राप्त प्रतिरक्षा विज्ञहरुको आधिकारिक बृहत संस्था हो ।


योग्यता, विधागत काम, क्षमता, कामको विश्वव्यापी र नविन प्रभाव, योगदान एवं शोधर अनुसन्धान जस्ता शिर्षकमा संसारभरका प्रतिरक्षा विषयका योग्यताप्राप्त वैज्ञानिक र चिकित्सक र शोधकर्ताको मुल्यांकन गरी यो पुरस्कार दिइन्छ । सोही मूल्यांकनका आधारमा डा. भट्टराई यस बर्ष उत्कृष्ट छानिनुभएको हो ।

उहाँसंगै यो अवार्डबाट सम्मानित हुने अरु २ जना स्पेन र बेल्जियममा कार्यरत युवा वैज्ञानिक हुनुहुन्छ । सिनियर वैज्ञानिकलाई दिइने अचिभमेन्ट अवार्ड यसबर्ष इटालीकी इम्युनोलोजिष्ट डा.इसाबेला क्विनटिलाई प्रदान गरिएको छ ।


डा. भट्टराई इम्युनोलोजी विषयमा डीएम गर्ने एकमात्र नेपाली चिकित्सक हुनुहुन्छ । उहाँले उच्च इम्युनोलोजी, बोन
म्यारो प्रत्यारोपण एवं सेल थेरापीमा समेत भर्खरै अमेरिकाको प्रतिष्ठित ‘चिल्ड्रेन हस्पिटल अफ फिलाडेल्फियाबाट
विद्यावारिधि पछिको फेलोशिप पूरा गर्नुभएको छ । सचेतनाको कमीले सोचिदै नसोचिने, निदान नहुने, अंगभंग हुने र ज्यान
गुमाउने भैरहेका इम्युन कमी रोगबाट पिडित बालबालिका तथा किशोरकिशोरीलाई डा. भट्टराईका प्रयासले नयाँ आयाम थपिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्