Logo
|
Friday 26th April 2024
Logo

epaper

‘चिसोमा पनि डेङ्गी जोखिम कायम रहने’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा गत जुलाई महिनादेखि नै डेङ्गीको बिरामीहरूको सङ्ख्या उकालो लाग्न थालेको थियो। अगस्ट महिनाको मध्येदेखि भने सङ्क्रमण ह्वात्तै बढेको सरकारी तथ्याङ्क छ। त्यसको एक महिनामा यो रोगले प्रकोपको रूप लियो।

अवस्था उत्कर्षमा पुग्दा पनि डेङ्गीको कुन प्रकार अर्थात् सीरोटाइप फैलिएको हो भन्नेबारे परीक्षण भएको थिएन।

यसैसाता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना डेङ्गीका बिरामीहरूबाट नमुना सङ्कलन गरी परीक्षण गर्‍यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग प्रमुख डा गोकर्ण दाहालका अनुसार तीमध्ये ७ वटा नमुनामा सीरोटाइप वान र ५ वटामा सीरोटाइप थ्री पुष्टि भयो।

‘सानो नमुनामा दुई प्रकारको सङ्क्रमण देखियो। तर देशव्यापी रूपमा यी दुई सीरोटाइप नै फैलिएका हुन् भन्ने प्रमाणित गर्न धेरै नमुनाको परीक्षण आवश्यक पर्छ,’उहाले भन्नुभयो ।

डा दाहालका अनुसार सात वटै प्रदेशका विभिन्न अस्पतालबाट डेङ्गी प्रकोप उत्कर्षमा रहँदाको नमुनाहरू सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ। ‘ती नमुना अध्ययनपछि कुनकुन सीरोटाइप फैलियो भन्ने कुरा पुष्टि हुन्छ।’

यद्यपि, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणलाई आधार बनाइ नेपालमा पहिलोपटक डेङ्गीको सीरोटाइप थ्री फैलिएको विवरणहरू सार्वजनिक भएका छन्।

के हो सीरोटाइप ?
सीरोटाइप कुनै पनि सूक्ष्म जीवको विभिन्न प्रकार वा प्रजातिहरूको वर्गीकरण हो।

डेङ्गी भाइरस सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यस रोग चार प्रकारका छन्। जसलाई सीरोटाइप वान, सीरोटाइप टू, सीरोटाइप थ्री र सीरोटाइप फोरमा वर्गीकरण गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकजना मानिसलाई पटकपटक गरी यी चार वटै प्रकारको डेङ्गी सङ्क्रमण हुनसक्छ।

प्रत्येक वर्ष विश्वभर १० देखि ४० करोड मानिसहरूलाई डेङ्गी सङ्क्रमण हुने आकलन गरिएको छ। तीमध्ये ८० प्रतिशतलाई मध्यम खालको लक्षण देखिने वा लक्षणरहित हुने जनाइएको छ।

सीरोटाइप थ्री पहिलोपटक देखिएको हो त ?
यसअघि भएका अध्ययन तथा अनुसन्धानले नेपालमा डेङ्गीको चारवटै सीरोटाइप देखिएको पुष्टि गर्छ।

सन् २००८ मा न्यासनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक लेखमा उल्लेख गरिएको छ,ूविभिन्न चिकित्सकीय र प्रयोगशालामा गरिएका परीक्षणको परिणामहरूले नेपालमा चारवटै डेङ्गी सीरोटाइपहरूको सङ्क्रमण पुष्टि गरेको छ।

सन् २००६ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रत्यक्ष संलग्नतामा भएको अनुसन्धानले पनि त्यतिबेलै नेपालमा डेङ्गीको चारवटा सीरोटाइप भएको निचोड निकालेको थियो।

बाँके, दाङ, काठमाण्डू, नेपालगञ्जलगायत ठाउँहरूमा एकै समयमा फरकफरक किसिमका सीरोटाइपहरू फैलिएको जनाइएको छ। तर, सबै सीरोटाइपहरू एकैपटक फैलिए पनि तीमध्ये एउटाको प्रभाव बढी हुने बताउनुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन।

उदाहरणका लागि सन् २०१९ मा काठमाण्डूमा सबै सबै प्रकारका डेङ्गी फैलिएको भए पनि सीरोटाइप टूको असर बढी देखिएको उनले जिकिर गरे।

सीरोटाइप थ्री देखिनु नौलो कुरा होइन र यो निकै तर्सनु पर्ने विषय नभएको डा पुनले बताउनुभयो ।

‘तर सरकारी वा निजी अस्पतालहरूले आफूकहाँ परीक्षण गराउन आएका बिरामीहरूको नमुना सङ्कलन गरी कुन सीरोटाइप हो भन्ने चाहिँ परीक्षण गर्नुपर्थ्यो। त्यसले सतर्क रहन मद्दत पुर्‍याउँछ,’उहाँले भन्नुभयो ।

उनका अनुसार कुनै पनि वर्ष यसअघि देखिएको भन्दा फरक सीरोटाइपको डेङ्गी देखिन सक्छ। र, पहिले सङ्क्रमण भइसकेको मानिसलाई पहिलेको भन्दा भिन्न डेङ्गी सीरोटाइप सङ्क्रमण भए त्यसले कडा असर गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘त्यस्तो अवस्थामा अस्पताल जानु पर्ने सम्भावना बढ्छ। प्रकोप हुँदा अस्पतालमा चाप र मृत्युको जोखिम पनि बढ्छ। यस्तो अवस्था आउन नदिने तयारीको निम्ति भए पनि सीरोटाइप परीक्षण हुनु पर्छ।’

चिसोमा डेङ्गी हुँदैन
हिउँद लागेसँगै लामखुट्टे कम हुने भए पनि अझै केही साता यो पूर्ण रूपमा नसकिने विज्ञहरूको आकलन छ। यो प्रकोप उत्कर्षबाट ओर्लँदै गए पनि सङ्क्रमण शून्य हुन समय लाग्ने डा पुन बताउनुहुन्छ ।

‘,चिसो मौसम सुरु हुँदैमा लामखुट्टे नआउने र डेङ्गी हराउने भन्ने हुँदैन। दशैँ तिहारपछि प्राय गर्मी ठाउँबाट काठमाण्डू आउने मानिसहरूमा यो रोग देखिन्छ। यो विगतको अनुभव हो।’

त्यस्तै इपिडिमियोलोजी अफ डेङ्गी भाइरस इन्फेक्सन इन नेपाल, २००६(२०१९ नामक एक अनुसन्धानको निचोडमा पनि लेखिएको छ । नेपालमा डेङ्गी सङ्क्रमणको दायरा बढेको छ र यो देशको तल्लो भेगहरूबाट माथिल्लो भेगतर्फ उक्लिरहेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का शोधकर्ता डा विष्णु मरासिनीका अनुसार परिषद्ले सन् २०१९ को डेङ्गी प्रकोपपछि गरिएको अनुसन्धानमा पनि हिमाली भेगमा डेङ्गी भाइरस सार्ने लामखुट्टे भेटिएको थियो।

साथै दोलखाजस्ता माथिल्लो भेगका मानिसहरूमा डेङ्गी पुष्टि भएको थियो।

‘उहाँहरूमा लक्षण देखिएको थिएन तर रगत परीक्षण गर्दा डेङ्गी भाइरसको सङ्क्रमण थियो। यस्ता तथ्यहरूलाई आधार मानेर हामीले पुनः यसको प्रकोप देखिने आकलन गरेका थियौँ,’ मरासिनीले भन्नुभयो ।

तथ्याङ्कले के देखाउँछ ?
नेपालमा यो वर्ष हालसम्म ४१,७४३ जना मानिस डेङ्गी सङ्क्रमित भएको र तीमध्ये ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

तर, डा। शेरबहादुर पुन भने यथार्थमा सार्वजनिक सङ्ख्याको ४(६ प्रतिशत बढी मानिस सङ्क्रमित भएको हुन सक्ने बताउँछन्।

ूकिनकि केही अस्पतालमा अति गाह्रो भएका मानिसहरू पुगेका छन्। तीबाहेक सहन सक्ने लक्षण देखिएका वा लक्षणरहित सङ्क्रमण भएकाहरूको गन्ती भएको छैन, उहाँले भन्नुभयो । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्