Logo
|
Friday 19th April 2024
Logo

epaper

राप्रपाको घोषणापत्र : सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा प्रत्येक वडामा सुरक्षित प्रसूति सेवा सहित न्यून आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने उल्लेख गरिएको छ । यस्तै, प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोपको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

ज्येष्ठ तथा असक्त नागरिकको घर दैलोमा स्वास्थ्य सेवा दिइने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । काठमाडौँको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन सञ्चालन गर्ने बताइएको छ । यस्तै आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्