Logo
|
Friday 26th April 2024
Logo

epaper

पीजीको एकीकृत प्रवेश परीक्षा स्थगित, आवेदन दिने म्याद थप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित भएको छ ।

चिकित्सा शिक्षा आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ। आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।

आयोगले यसअघि चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिक सम्म अनलाइन फारम भर्ने म्याद तोकेको थियो। तर सोमबार अर्को सूचना जारी गर्दै फारम भर्ने म्याद आगामी ९ मंसिर अपरान्ह ४ बजेसम्मका लागि थप गरिएको बताएको छ।

आयोगले अहिले स्थगन भएको परीक्षा तालिका मंसिरको दोस्रो साता प्रकाशन गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्