Logo
|
Saturday 20th April 2024
Logo

epaper

६० वर्षमाथिका नागरिकको उच्च रक्तचाप र मधुमेह निःशुल्क परीक्षण गर्ने एमालेको घोषणा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा एमालेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ ।

एमालेले आज जारी गरेको घोषणा पत्रमा ६० वर्ष माथिका नागरिक लागि उच्च रक्तचाप मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने जनाएको हो ।

यस्तै, कडा असाध्य रोगहरूको लागि उपचार निःशुल्क गर्ने, सबै नागरिकलाई निरोगी रहने उपाय अवलम्बन गर्न सचेत गराउने पनि घोषणा पत्रमा भनिएको छ । यस्तै, प्रसूति सेवासहित महिलालाई स्वास्थ्य सेवा र बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिने जारी घोषणा पत्रमा उल्लेख गरिएको छ

प्रतिक्रिया दिनुहोस्