Logo
|
Thursday 23rd March 2023
Logo

epaper

दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित



जनस्वास्थ्य सरोकार , काठमाडौं ।  दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ संक्रमित देखिएका छन्। यसैसँगै कुल संक्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। 

दैनिक संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन्। एक दिनअघि संक्रमितको संख्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजा आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । 

गम्भीर अवस्थामा रहेका संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ। यस संक्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म  २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस्