Logo
|
Friday 26th April 2024
Logo

epaper

शिवराजसँग मिल्यो निहारिकाका छोराको डिएनए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खाएको छ ।

ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मेल खाएको हो ।

राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै न्यायका लागि अनसनसमेत बस्नुभएको थियो । सरकारले उहाँको आवाज नसुनेपछि राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयाससमेत गर्नुभएको थियो ।

आत्मदहको प्रयास गरेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो । र, उहाँलाई उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएको थियो ।

५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमतिपश्चात राजपुतले अनसन तोड्नुभएको थियो । सहमतिअनुसार आरोपी श्रेष्ठ र बच्चाको डीएनए परीक्षण हुनुपर्ने माग राख्नुभएको थियो । आरोपित श्रेष्ठले निहारिकासँग सम्बन्ध रहे पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्