Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नोभेम्वर १२ र १३ तारिखमा दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौँमा हुने भएको छ। सम्मेलन आगामी शनिबार र आइतबार (नोभेम्वर १२ र १३ तारिख ) दुई दिन सम्म चल्ने छ । अंग प्रत्यारोण समाज नेपाल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको संयुक्त अयोजना सम्मेलन हुन लागेको हो ।

काठमाडौँको होटल एभरेष्टमा हुने सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु सहभागी हुनेछन्। यस्तै नेपालका समाजसेवी, पत्रकार कानून व्यवसायी तथा जिल्ला अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका पनि सहभागिता हुने बताइएको छ।

विकासोन्मुख मुलुकहरुको लागि मृत्यु पर्यन्त अङ्गदान र प्रत्यारोपण भन्ने नारा दिईएको सम्मेलनको मुख्य उदेश्य जनचेतना अभिबृद्धि र अंङ्ग प्रत्यारोपण सम्वन्धी अनुभवको आदानप्रदान गर्नु रहेको आयोगक मध्ये एक प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्