Logo
|
Friday 26th July 2024
Logo

epaper

नेपालमा थप १६ जनामा कोरोना संक्रमण, १३ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८ सय ३७ जनामा गरिएको कुल परिक्षणबाट आरटीपीसीआर विधिबाट ९ र एन्टिजेन विधिबाट ७ जना गरि १६ जनामा संक्रमण फेला परेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ । त्यस्तै, ३४ हजार २ सय ७५ जनाले कोभिड विरुद्धको खोप लगाउँदा १३ जना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार अब देशभरमा ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्