Logo
|
Friday 26th April 2024
Logo

epaper

खतरनाक बन्दै फंगस संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले पहिलो पटक मानव स्वास्थ्यका लागि ठूलो खतरा बन्दै गएका केही फंगस संक्रमणको सूची सार्वजनिक गरेको छ । फंगस संक्रमणका सम्बन्धमा चेतावनी दिँदै विश्व संगठनले भनेको छ-यस्तो संक्रमणमा औषधिको प्रभाव लगातार घट्दै गएको छ र पहिलेभन्दा बढि भागमा फैलिरहेको छ ।

संयुक्त राष्ट्र संघले पनि भाइरस तथा ब्याक्टेरियाबाट हुने रोगहरूको यस्तै सूची जारी गरेको थियो । डब्लुएचओ भन्छ – फंगस संक्रमण निकै खतरनाक बन्दै गएको छ किनभने तिनीहरूमा उपचारको प्रभाव कम हुँदैछ । यस्ता रोगप्रति ध्यान कम भएकाले जानकारी पनि कम भएको डब्लुएचओले जनाएको छ । फंगस संक्रमणको अनुगमन, उपचार एवं निदानको अभाव प्रती डब्लुएचओ चिन्तासमेत व्यक्त गरेको छ । तथ्यांकको अभावका कारण यो कति ठूलो खतरा हो अनुमान गर्न पनि गाह्रो भएको डब्लुएचओले जनाएको छ ।

सूचीमा समावेश १९ वटा सङ्क्रमणविरुद्धको लडाइमा सरकार तथा अनुसन्धानकर्ताहरूले थप काम गर्नुपर्ने डब्लुएचओको धारणा छ । फंगस संक्रमणले मानिसहरूलाई प्रायः त्यतिबेला आक्रमण गर्छ जब उनीहरू पहिलेदेखि नै कुनै बिरामीको शिकार हुन्छन् । उदाहरणका लागि क्यान्सर वा क्षयरोगीहरूलाई यस्तो संक्रमण हुने जोखिम बढी हुन्छ । फंगस संक्रमणका लागि चार प्रकारका उपचार मात्र उपलब्ध छन् र नयाँ उपचारको विकासमा धेरै कम काम भइरहेको छ ।

जलवायु परिवर्तनका कारण रोग फैलने दायरा पनि बढ्दै गएको छ । डब्लुएचओले औषधिको प्रभाव घटनुको एउटा कारण कृषिमा एन्टिफङ्गल रसायनको अत्यधिक प्रयोग भएको बताएको छ । डब्लुएचओले जारी गरेको सूचीमा संक्रमितको तीन श्रेणी बनाइएको छ । यसका आधारमा उनीहरूलाई चरम, उच्च र मध्यम प्राथमिकतामा विभाजन गरिएको छ । उच्च प्राथमिकताको श्रेणीमा क्यान्डिडा ओरिस जस्ता रोगजनकहरू समावेश छन्, जुन उपचारका लागि अत्यधिक प्रतिरोधी छन् र विश्वभर धेरै अस्पतालमा संक्रमणहरू निम्त्याएका छन् ।

यसमा क्रिप्टोकॉकस, एस्पैरजिलस फूमिगेट्स और कैंडिडा एल्बिकैन्स ( Cryptococcus, Aspergillus fumigates and Candida albicans ) समावेश छन् । दोस्रो श्रेणीमा क्यान्डिडा परिवारका धेरै फङ्गीहरूका साथै म्यूकोरेल्स समावेश छन्, जसले म्यूकोर्माइकोसिस वा कालो फंगस भनिने संक्रमण निम्त्याउँछ । कोभिड-१९ महामारीका बेला कालो फंगसका थुप्रै घटनाहरू रिपोर्ट गरिएका थिए र यसमा ठूलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका थिए। स्रोत : रोयटर्स

प्रतिक्रिया दिनुहोस्