Logo
|
Thursday 18th April 2024
Logo

epaper

दादुराबाट भारतमा १२ जनाको मृत्यु 



जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा दादुराबाट १२ जनाको मृत्यु भएको छ । पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो ।

सहरमा बुधवार सम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो । गत वर्ष दादुराबाट दुई जनाको मृत्यु भएको थियो ।

अधिकारीहरू भन्छन् कि कोभिड महामारीबीच सुस्त खोप अभियानले दादुरा संक्रमणलाई ठूलो बढावा दिएको छ । दादुरा अत्यधिक संक्रामक मानिन्छ ।

विज्ञहरूका अनुसार यसले पाँच वर्ष मुनिका बालबालिकाहरूमा कोभिड १९ ले भन्दा बढी गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्