Logo
|
Friday 26th April 2024
Logo

epaper

प्रदूषण पास नभएका गाडी चलाए एक लाखसम्म जरिवाना



जनस्वास्थ्य सरोकार, काठमाडौं । अबदेखि सवारी साधनको प्रदूषण जाँच पास नभइ चलाएको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गर्दै जबरजस्त चलाए जरिवाना गर्ने निर्णय गरेको हो ।

विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो ।

विभागका अनुसार पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाखसम्म जरिवाना गरिनेछ । छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्