Logo
|
Saturday 20th April 2024
Logo

epaper

अब बिमित बिरामीबाटै १० प्रतिशत उपचार शुल्क उठाइने !



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाटै १० प्रतिशत शुल्क उठाउनेगरी कार्यविधि बनाइरहेको छ । बिमित बिरामीले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेको भन्दै उपचार खर्चको १० प्रतिशत शुल्क लिनेगरी कार्यविधि बनाइरहेको बोर्डले जनाएको छ ।


प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस गरिएको (रेफरल) अस्पतालमा उपचार गर्दा १० प्रतिशत शुल्क बिमितले व्यहोर्नुपर्ने गरी तयारी भइरहेको बताइएको छ ।

बोर्डले लक्षित वर्गलाई भने शुल्क नतोक्ने बताएको छ । लक्षित वर्गमा अतिगरिबी, अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक पर्दछन् ।

बिमा गरेबापत बीमितले एक हजार एक सय २३ औषधिजन्य सामग्री निःशुल्क पाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्