Logo
|
Friday 19th April 2024
Logo

epaper

वर्षमान पुनको स्वास्थ्यमा सुधार



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । चीनमा उपचाररत पुनको स्वास्थ्य सुधार आएसँगै उहाँ एक साताभित्र नेपाल फर्किने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुन उपचाररत हुनुहुन्छ । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउनले गर्दा क्वारेन्टिनमा उहाँको उपचार थालिएको थियो ।

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित हुनुहुन्छ ।

चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उहाँ नेपाली चिकित्सकहरूको परामर्शमा मंसिर तेस्रो साता दुबई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गर्नुभएको थियो । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

पुनसँगै पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन जानुभएको छ ।

प्रतिक्रिया दिनुहोस्