Logo
|
Friday 10th January 2025
Logo

epaper

औषधि व्यवस्था विभागद्धारा एसियन र पानस फर्मास्युटिकल्सका ३ ब्याचका औषधि बिक्रीवितरणमा रोक

बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेश गर्न आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले एसियन र पानस फर्मास्युटिकल्सको ३ वटा फरक व्याचका औषधि बिक्रीवितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सुचना जारी गरेको छ । बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षणमा एसिएनका २ र पानसको एक गरी ३ व्याचका औषधि न्युन गुणस्तर पाइएपछि विभागले सो निर्देशन दिएको हो ।

विभागको अनुगमनका क्रममा एसियन फर्मास्युटिकल्सको इओटी–८०३० व्याच नम्बर भएको इसोटम–४० (इसोमीप्राजोल–४० एमजी), व्याच नम्बर एलआरटी ८०५४ भएको लोरी–१ (लोराजेपाम ट्याब्लेट) र पानस फर्मास्युटिकल्सको व्याच नं टिइओ ०३७ एस्प्रो–४० (इसोमीप्राजोल –४० एमजी) नामका औषधि न्यून गुणस्तर भएको पाएको थियो ।

विभागले न्युन गुणस्तर ती औषधिहरु औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रिवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो को विवरण विभागमा पेस गर्न दुवै औषधि कम्पनीलाई निर्देशन दिएको छ । साथै विभागले उक्त औषधिहरुको सिफारिस, बिक्री, वितरण तथा प्रयोग समेत नगर्न, नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्