Logo
|
Wednesday 8th May 2024
Logo

epaper

नर्भिक हस्पिटलले कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा दिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार निःशुल्क परामर्श सेवा दिने भएको छ ।

सो ओपीडी अभियान अन्तरगत नर्भिकले पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुलाइ निःशुल्क परामर्श सेवा दिने अवसर प्रदान गर्ने भएको छ। नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ। यसअघिका कैयन साताहरुका ओपीडी युरोलोजीसँग सम्बन्धित थियो।

पहिलोपटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरुलाई सेवा दिने उद्देश्यले उक्त ओपीडी आउदो शनिबार सञ्चालन गर्न लागिएको हो। अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमद्धारा शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।

निःशुल्क ओपीडीमा कलेजोको सिरोसिस, जन्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरु तथा कलेजोबारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउने छन्। निःशुल्क ओपीडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेसनल हस्पिटलको ल्यान्डलाइन नम्बर ०१५९७००३२ तथा मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्