Logo
|
Monday 27th January 2025
Logo

epaper

नेशनल बाथरोग सेन्टरमा साताव्यापी निःशुल्क वाथरोग परीक्षण

तिर्थानन्द वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड प्रा.रत्न शमसेर राणालाई



जनस्वास्थ्य सरोकार, काठमाडौं । बाथरोगका बिरामीहरुको सुविधालाई ध्यानमा राखेर नेशनल बाथरोग सेन्टरले साताव्यापी निःशुल्क वाथरोग परीक्षण सेवा शुरु गरेको छ । माघ ३ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिने सो शिविरमा वाथरोगसँग सम्बन्धित सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिएको छ ।

बद्रि—तीर्थ आर्थराइटिस समाज र नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा हरेक वर्ष माघ महिनामा बाथरोग सम्बन्धि जनचेतना फैलाउने अभियान अन्तर्गत सो शिविर सञ्चालन गरिएको हो ।

आज आयोजित कार्यक्रममा वरिष्ठ वाथरोग विशेषज्ञ डा.विनित वैद्यले वाथरोगले शरीरका महत्वपूर्ण अंगहरुलाई असर गर्ने भएकाले बेलैमा सचेत रहन आग्रह गर्नुभयो ।

सेन्टरले सन् २०१२ देखि बाथरोग जागरण अभियान शुरु गरेको स्मरण गराउँदै सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले सामाजिक उत्तरदायित्वअन्तर्गत एक वर्षमा २२५ जना विपन्न बाथरोगीहरुलाई उपचार सेवा दिन सफल भएको बताउनुभयो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएको मूल्यांकन गर्दै प्रा.रत्न शमसेर राणालाई तिर्थानन्द वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

२५ हजार नगद राशीसहित प्रदान गरिएको सो सम्मानपत्रसहितको अवार्ड बद्रि—तीर्थ आर्थराइटिस समाजकी अध्यक्ष बद्री लक्ष्मी वैद्यले प्रा.राणालाई प्रदान गर्नुभयो ।

राणाले प्राप्त गर्नुभएको २५ हजार नगद जेष्ठ प्राध्यापकहरुको सहयोगका लागि अध्यक्ष विमल कुमार शर्मामार्फत नेपाल जेष्ठ प्राध्यापक समाजलाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्