Logo
|
Thursday 9th May 2024
Logo

epaper

डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिने भएको छ ।


पार्टी सभापति रवि लामिछानेको अध्यतामा आज (मंगलबार) बिहान बसेको बैठकले डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

त्यस्तै, संसदीय दलको बैठकले डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिशिर खनाललाई शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।


सत्ता साझेदार दलहरुबीच भएको सहमतिमा रास्वपाले एक राज्यमन्त्रीसहित तीन मन्त्री पाउने भएको हो । जसमध्ये पार्टी सभापति लामिछाने उपप्रधान सहित गृहमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्