Logo
|
Thursday 2nd May 2024
Logo

epaper

नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरीद्धारा कान्ती बाल अस्पतालको निरीक्षण, अस्पतालको सेवा सुविधा विस्तारका लागि सहयोग गर्ने प्रतिवद्धता




जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीमा पदवहाली भएलगत्तै कान्ति बाल अस्पतालको निरीक्षण गर्नुभएको छ ।

मन्त्रालयका कर्मचारीहरुबाट अस्पतालमा उपकरण र ठाउँ प्रशस्त भएपनि आवश्यक जनशक्ति नभएको गुनासो आएपछि मन्त्री गिरीले अस्पतालको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणपश्चात् मन्त्री गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । अस्पतालमा उपचारका लागि आउने बालबालिकालाई सुलभ र गुणस्तरीय उपचार हुनुपर्ने आवश्यकता औंल्याउँदै अस्पतालमा आइसियु बेडको संख्या बढाउन पनि निर्देशन दिनुभएको छ । यसका लागि मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्