Logo
|
Friday 19th April 2024
Logo

epaper

आँखा उपचारमा सहकार्य गर्न नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड इन्टरनेशनलबीच सम्झौता



जनस्वास्थ्य सरोकार, काठमांडौ । नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनल बिच आँखा उपचारका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।


शुक्रबार नेत्रज्योति संघको केन्द्रिय कार्यलयमा संघका तर्फबाट अध्यक्ष प्रा.डा. चेतराज पन्त, महासचिव भरत बहादुर चन्द र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलका तर्फबाट अध्यक्ष नारायण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।


नेपालीहरुलाई सहज तथा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित दुई संस्था बिचमा सम्झौता भएको संघका अध्यक्ष प्रा.डा. पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार हेल्पिङ ह्याण्ड इन्टरनेशनलले संघद्धारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुलाई निःशुल्क चस्मा उपलब्ध गराउने छ भने उक्त चस्मा संघले लक्षित बर्गलाई निःशुल्क वितरण गर्नेछ ।

दुई संस्थाहरुको सहकार्यबाट गरिबीको रेखामुनी रहेका नेपालीहरुले सहज र सरल रुपमा आँखा उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा संस्थाहरुले राखेका छन् ।


नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

त्यस्तै हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनल अमेरिकाको क्लोराडोमा रहेको गैर नाफामुलक संस्था हो जसले नेपालमा रहेका अल्पसंख्यक समुदायहरुको स्वास्थ्य तथा शिक्षाको स्तर सुधारको क्षेत्रमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्