Logo
|
Friday 26th April 2024
Logo

epaper

सुर्खेतमा थप पाँच जनामा दादुरा संक्रमण पुष्टि



जनस्वास्थ्य सराकार, सुर्खेत । सुर्खेतमा पाँचजनामा दादुरा संक्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।

अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो ।

छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उहाँले सुझाव दिनुभयो ।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्