Logo
|
Friday 26th April 2024
Logo

epaper

आमाको शवसँग नाभी जोडिएकै अवस्थामा फेला परिन् नवजात शिशु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । उत्तरी सिरियामा भूकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्।

फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने मृत्यु भइसकेको थियो।

भूकम्पका कारण घर भत्किँदा उनको परिवारमा अरू सबैले ज्यान गुमाए। उद्धारकर्ताहरूले ती नवजात बालिकालाई अस्पताल लगेका छन्।

सोमवार आएका दुईवटा शक्तिशाली भूकम्पले टर्की र उत्तरी सिरियामा धनजनको ठूलो क्षति पुर्‍याएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्