Logo
|
Monday 6th May 2024
Logo

epaper

इन्सेकद्धारा विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्वपरीक्षण अनिवार्य गर्न माग



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको छ । उक्त घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्वपरीक्षणको माग गरेको छ ।

इन्सेकका अध्यक्षा डा. कुन्दन अर्यालले एक विज्ञप्ति जारी गर्दै विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । उहाँले पूर्वपरीक्षण पछिमात्रै खाद्यन्न वितरण गरिनुपर्ने माग राख्नुभएको छ ।

इन्सेकका अध्यक्ष डा.अर्यालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ– ‘५४ हजार किलो भिजेको, मक्किएको र गन्हाएको चामल नेपाल भित्र्याउन लागिएको घटनालाई हामीले नेपाली जनताको स्वस्थ्यकर खाद्यान्नको हकविरुद्ध र विशेषत बालबालिकाको सर्वोत्तम हित प्रतिकूल गम्भीर हेलचेक्र्याँइ ठानेका छौं ।’

प्रतिक्रिया दिनुहोस्