Logo
|
Wednesday 8th May 2024
Logo

epaper

‘स्लाइनमा नेपाललाई अत्मनिर्भर बनाउँछौं’



नेहा अग्रवाल एभरेष्ट प्यारेन्टेरल्सको निर्देशक हुनुहुन्छ । उहाँले कम्पनीको स्टार्टेजिक डिसिजन मेकिङ, प्रोक्योरमेन्ट, लजिष्टिकलगायत कम्पनीसँग समन्वय गरी उत्पादन व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउँदै आउनुभएको छ । यो उहाँको पारिवारिक बिजनेस हो ।

नेहाले युनिभर्सिटी अफ ओलोङगङ दुवहीबाट इन्टरनेशनल बिजनेसमा मास्टर्स (स्नातकोत्तर) गर्नुभएको छ । करिब दुई अर्ब रुपैयाँ लागतमा सुरू गरिएको एभरेष्ट प्यारेन्टेरल्स एक प्रकारको इन्जेक्टेवल प्लान्ट हो जसले स्लाइन पानी उत्पादन गर्छ । वीरगञ्जको छातापिपरामा अवस्थित यो कम्पनीले लार्ज भोलुम प्यारेन्टेरल्स, स्मल भोलुम प्यारेन्टेरल्स, आइ ड्रप, इयर ड्रप, सिटामोललगायत जनरल औषधि उत्पादन गरिरहेको छ । यसरी लार्ज भोलुम प्यारेन्टेरल्स र स्मल भोलुम प्यारेन्टेरल्स दुवै एकै ठाउँमा उत्पादन गर्ने नेपालको यो पहिलो कम्पनी हो ।


स्लाइन पानीमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सुरू भएको कम्पनीले हाल एक सय, पाँच सय र एक हजार एमएलका बोतल उत्पादन गरिरहेको छ । कम्पनीबाट उत्पादित सामाग्री विदेशीभन्दा पनि गुणस्तरीय रहेको अग्रवाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फरेन प्रोडक्टभन्दा गुणस्तरीय प्याकेजिङमा उपलब्ध गरिरहेका छौं ।’


अस्पतालमा आकस्मिक अवस्थामा प्रयोग हुने एम्पुल, भाइलमा आउने स्मल भोलुम इन्जेक्टेवल तथा साधारणतया सलाइन भनिने नर्मल स्लाइन, डेक्सट्रोज, रिङ्गर ल्याक्टेट आदि लार्ज भोलुम प्यारेन्टेरल्स समेत देशको माग धान्न सक्नेगरी उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । प्यारेन्टेरेल्सको अर्थ साधारणतया शरीरमा इन्जेक्सनमार्फत दिइने औषधि तथा जीवनरक्षक फ्ल्युड (तरल पदार्थ) हो । अग्रवाल भन्नुहुन्छ–सोहीअनुसार हामीले नाम समेत ‘एभरेष्ट प्यारेन्टेरल्स’ राखेका छौं ।


अन्तर्राष्ट्रिय मान्यताप्राप्त उत्पादन
स्लाइन पानी नशाबाट सिधै रगतमा जाने भएकाले यसको गुणस्तरमा सम्झौता गर्नु हुँदैन । यसकारण कम्पनीले संसारभरनै गुणस्तर मापनमा प्राथमिकतामा परेको युनाइटेड स्टेट फर्माकोपिया (युएपी), ब्रिटिश फर्माकोपिया (बिपी) को मान्यतामा आधारित रहेर स्टेरिलाइजेशन विधिबाट १२१ डिग्री सेन्टिग्रेडमा १५ मिनेटसम्म निर्मलीकरण र आरसीपीपी (रेन्डम को–पोलिमर पोलिप्रोपाइलिन) को प्रयोग भएको बोटलमा स्लाइनको लार्ज भोलुम प्यारेन्टेरल्स उत्पादन गरिरहेको छ । यसकारण गुणस्तरमा निर्धक्क हुनसक्ने अवस्था छ ।

युरोपियन गुणस्तरको प्याकेजिङ
कम्पनीले नेपालमा पहिलोपटक युरोपियन गुणस्तर बमोजिम ननपिभिसी, डिइएचपी, ननलिचिङ सेफ युरोफ्लेक्स ब्यागमा औषधिहरू बजारमा ल्याएको छ । यो नेपालमा मात्रै नभएर संसारमै नविनतम प्रविधि हो । यसका अलावा आँखामा प्रयोग हुने आइ ड्रप्स, आइ ओइनमेन्ट, पूर्णतया आयातमा निर्भर रहेको नाकमा प्रयोग हुने नेजल स्प्रे समेत उत्पादन गरिरहेको छ ।
सन् २०१६ देखि सुरु भएको एभरेष्ट प्यारेन्टेरेल्स सन् २०२० बाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । यसमा आर.एन.डी. (रिसर्च एण्ड डेभलप्मेन्ट), युटिलिटी, फेसिलिटीको दायरा ठूलो छ ।

कम्पनीको उदेश्य नै नेपाललाई स्लाइनमा आत्मनिर्भर गराउने रहेको छ । औषधि व्यवस्था विभागबाट मूल्य नियन्त्रण भइरहेको अवस्थामा कमसल स्लाइन नभित्रियोस् भन्नेमा ध्यान दिएको अग्रवालले बताउनु भयो । हालसम्म नियन्त्रित मूल्यमै गुणस्तरीय स्लाइन उपलब्ध गराउन सक्षम भएको उहाँको भनाइ छ ।

घर परिवार र कम्पनी सँगसँगै
नेहाले यो काम आफ्नो व्यक्तिगत छनौटको भएको बताउनु भयो । महिलाले चाहे धेरै काम गर्नसक्ने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘मेरो परिवारले मलाई सधँै सपोर्ट गर्दै आएको छ । आमा बनेपछि मेरो जिम्मेवारी झनै थपिएको छ । यसलाई पनि व्यवस्थापन गरिहेकी छु । हामीले यहाँ धेरै महिलालाई महत्वपूर्ण भूमिकामा जागिर दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्