Logo
|
Saturday 1st February 2025
Logo

epaper

गोरखा अस्पतालमा अख्तियारको छापा



जनस्वास्थ्य सरोकार, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गोरखा अस्पतालमा छापा मारेको छ ।

अख्तियारमा अस्पतालको विषयमा उजुरी परेपछि छानविन सुरु गरिएको आयोगको क्षेत्रीय कार्यालय पोखराका सूचना अधिकारी जीवनचन्द्र राइले बताउनुभयो ।

अख्तियारले केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

अस्पतालले खरिद गरेको औषधि, मिति नाघेका औषधि र उपचार सेवाको विषयमा अख्तियारले चासो राखेको थियो ।

केही दिन अघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि अस्पतालमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्