नेपालमा एमबीबीएस अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण कसरी बढाउने ?
स्नातक तहको मेडिकल शिक्षा लिन स्वदेशी र विदेशीले कति शुल्क तिर्नुपर्छ ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ०७८ सालमा नेपालका मेडिकल कलेजहरूले जम्मा २३६ जना मात्रै विदेशी विद्यार्थी भर्ना गर्न सके । देशभरका सबै मेडिकल कलेजहरूमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीलाई ५५७ सिट छुट्टयाइएको थियो । बीएमएस, बीडीएस, बीएनएस एडल्ट नर्सिङ, बीएनएस कम्युनिटी नर्सिङ, बीएनएस क्रिटिकल केयर, बीएनएस पेडियाट्रिक नर्सिङ, अप्टोमेट्री, बीपीएच, बिफार्म, बीपीटीमा विदेशी कोटामा विद्यार्थी भर्ना सून्य छ ।
चिकित्सा शिक्षा आयोगअन्तर्गत नेपालमा मेडिकल शिक्षाका १४ वटा विषय सञ्चालित छन् । त्यसमध्ये एमबीबीएस अध्ययनका लागि मात्र विदेशी विद्यार्थी नेपाल आउने गरेका छन् ।
नेपाली विद्यार्थीको हकमा एकीकृत परीक्षा प्रणाली सहज भए पनि विदेशी विद्यार्थीको हकमा सहज नहुन सक्छ । त्यसमाथि नेपालमा एमबीबीएस र एमडीको भर्ना कहिले खुल्छ, कहिले परीक्षा हुन्छ निश्चित ठेगान हुँदैन । यस विषयमा आयोगले समयमै ध्यान दिन नसके आउँदा वर्षहरूमा विदेशी विद्यार्थीहरू अझै घट्न सक्ने नेपाल मेडिकल कलेजका सञ्चालक वशुरुदिन अन्सारी बताउनुहुन्छ ।
भारतमा सन् २०२२ मा एमबीबीएस अध्ययनका लागि ९६ हजार सिट थपियो । सरकारले हरेक मेडिकल कलेजलाई ‘डबल सिफ्ट’ चलाउने अधिकार दियो । द्धन्द्धका कारण युक्रेनमा एमबीबीएस अध्ययनका लागि विद्यार्थी जान नपाएपछि भारत सरकारले यो निर्णय गरेको हो ।
हाम्रो देशमा पनि मेडिकल कलेजको सिट संख्या बढाएर ‘डबल सिफ्ट’मा मेडिकल शिक्षा अध्ययन गर्ने अनुमति दिनसके स्वदेशी र विदेशी विद्यार्थीका लागि नेपाल आकर्षणको केन्द्र बन्न सक्ने चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने बताउनुहुन्छ । साथै, नेपाललाई मेडिकल एजुकेशन टुरिजमको रूपमा विकास गर्न मद्दत मिल्ने उहाँको भनाइ छ ।
नेपालमा एमबीबीएस अध्ययनका लागि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित २१ वटा मेडिकल कलेज छन् । हरेक वर्ष एक हजार ८९५ जना विद्यार्थी एमबीबीएस अध्ययनमा भर्ना हुने गर्छन ।
क्र.सं | संख्या | कुल सिट संख्या |
१. | इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) | १०० |
२. | बीपी कोइराला इन्स्ट्च्यिुट अफ हेल्थ साइन्सेस (बीपीकेएचआइएस) | १०० |
३. | कर्णाली एकेडेमी अफ हेल्थ साइन्स, कर्णाली | ३० |
४. | पाटन एकेडेमी अफ हेल्थ साइन्सेस (पीएएचएस) पाटन | ६५ |
५. | नेप्लिज आर्मी इन्स्ट्च्यिुट अफ हेल्थ साइन्सेस | १०० |
६. | मणिपाल मेडिकल कलेज अफ मेडिकल साइन्सेस, कास्की | १०० |
७. | कलेज अफ मेडिकल साइन्सेस, भरतपुर | १०० |
८. | काठमाडौँ स्कुल अफ मेडिकल साइन्सेस | १०० |
९. | नेपाल मेडिकल कलेज, जोरपाटी | १०० |
१०. | काठमाडौँ मेडिकल कलेज, काठमाडौँ | १०० |
११. | विराट मेडिकल कलेज, विराटनगर | १०० |
१२. | देवदह मेडिकल कलेज शिक्षण अस्पताल, देवदह | ५० |
१३. | किष्ट मेडिकल कलेज, इमाडोल | १०० |
१४. | चितवन मेडिकल कलेज, भरतपुर चितवन | १०० |
१५. | गण्डकी मेडिकल कलेज, पोखरा | १०० |
१६. | नेशनल मेडिकल कलेज, वीरगंज | १०० |
१७. | यूनिभर्सल मेडिकल कलेज, भैरहवा | १०० |
१८. | जानकी मेडिकल कलेज, जनकपुर | ५० |
१९. | नेपालगञ्ज मेडिकल कलेज १०० | १०० |
२०. | लुम्बिनी मेडिकल कलेज | १०० |
२१. | नोवेल मेडिकल कलेज | १०० |
एउटा विदेशी विद्यार्थीले एमबीबीएस अध्ययनका लागि सरदर ७५ हजार अमेरिकी डलर अर्थात् एक करोड नेपाली रूपैयाँभन्दा बढी तिर्ने गर्छ ।
हरेक वर्ष एक हजार विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षाका लागि बाटो खुलाउने हो भने उनीहरूबाट करोडौं डलर नेपाल भित्रिन्छ । जसले नेपालको अर्थतन्त्र, मेडिकल शिक्षा र पर्यटन तीनै क्षेत्रको विकासमा टेवा पुग्छ । खस्कँदो अर्थतन्त्र उकास्न र विदेशी डलर भित्र्याउन एउटा बलियो आधार बन्नसक्छ मेडिकल शिक्षा ।
नेपाली विद्यार्थीका लागि शुल्क
कार्यक्रम | शुल्क (रूपैयाँ) |
एमबीबीएस (उपत्यकाभित्र) | रू. ४१,६८,०९० |
एमबीबीएस (उपत्यका बाहिर) | रू. ४५,९५,७२० |
बीडीएस | रू.२०,९२,२९० |
बीएस्सी नर्सिङ | रू.१०,३६,००० |
बी फार्मेसी, बीपीएच, ब्याच्लर इन अप्टोमेट्री, बी.पर. टेक, बी.ए.एस.एल.पी., बी.पी.टी., बीएस्सी एम.आई.टी., बीएस्सी एम.एल.टी., ब्याच्लर इन मेडिकल माइक्रोबायोलोजी, ब्याच्लर इन मेडिकल बायोकेमेष्ट्री | रू.७,७७,००० |
बी.ए.एम.एस. | रू.११,३१,९३० |
बी.एन.एस./पी.बी.एन. | रू.५,१८,००० |
डिप्लोमा इन फार्मेसी |
विदेशी विद्यार्थी ल्याउँदा सन्तुष्टि मिल्छ
भारतलगायतका देशमा मेडिकल शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउँदा खासै सन्तुष्टि मिलेन । यही कारण सन् २०१६ देखि विदेशी विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि नेपाल ल्याउन थालेँ । यही वर्ष सबैभन्दा बढी एमबीबीएस अध्ययन गर्ने विद्यार्थी ल्याउन सफल पनि भएँ ।
अहिले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेस, चितवनको कलेज अफ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेज, पाल्पाको लुम्बिनी मेडिकल कलेज, काठमाडौंको काठमाडौं मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेजसँग आबद्ध रहेर काम गरिरहेको छु । यसवर्षदेखि बंगलादेशमा पनि प्रचारप्रसार गर्न थालेका छौँ ।
सन् २०२३ मा चीन, भुटान, बंगलादेश, संयुक्त राज्य इमिरेट्सलगायत १० देशबाट एमबीबीएस अध्ययन गर्ने विद्यार्थी ल्याउने लक्ष्य छ ।
भारत, बंगलादेशगायतका देशमा विद्यार्थी पठाउँदाभन्दा ती देशबाट विद्यार्थी ल्याउँदा सन्तुष्टि प्राप्त हुने रहेछ । विदेशी विद्यार्थीका लागि छुट्याइएको सिटमा न्यून भर्ना भइरहेको अवस्थामा विदेशी विद्यार्थी किन नल्याउने भनेर काम गरिरहेका छौं ।