Logo
|
Monday 6th May 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयको मूल गेटमा कृत्रिम फोक्सो जडान, हावाको स्वच्छता जाँच गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा युएसएआईडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले मूल गेटमा कृत्रिम फोक्सो जडान गरेको हो ।

कृत्रिम फोक्सो मार्फत वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरूबारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।

कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको र जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्ब गर्ने मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुराउँदछ । ‘

उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइने उहाँको भनाई छ ।

धेरै देशहरुले वायु प्रदूषणको सामाना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्यांकले विश्वका १३१ देशहरु मध्ये धेरै वायु प्रदुषण हुने देशहरुमा नेपाल १६ औँ स्थानमा रहेको छ ।

सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार १०० जनाको मृत्यु भएको र त्यसमध्ये काठमाडौँमा मात्रै ५ हजार ८० जनाको मृत्यु भएको बताइएको छ । नेपालमा दीर्घकालिन फोक्सोको रोग सीओपीडी बढी हुने देश हो । सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत कारण वायु प्रदुषण मानिन्छ ।

340111138_916538089666703_883816935534963750_n

प्रतिक्रिया दिनुहोस्