Logo
|
Saturday 4th May 2024
Logo

epaper

सेवा विस्तार गर्दै भरतपुर अस्पताल



जनस्वास्थ्य सरोकार, चितवन। चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औं वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो ।

अस्पतालमा पीआईसीयू, सीसीयू र बर्न युनिट थप गरिँदैछ भने आईसीयू र एनआईसीयू सेवा विस्तार गरिँदैछ ।

अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्ट बाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पीआईसीयूको अभाव रहँदै आएकोमा ८ शय्याको सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआईसीयू र १४ वर्षमाथिकालाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ ।

यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । ३ शय्याको बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो । २० शय्या सञ्चालन हुँदै आएको आईसीयूलाई १० शय्या थप गरी ३० पुर्‍याइँदैछ ।

अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ । यसअघि अस्पतालमा २ अक्सिजन प्लान्ट सञ्चालनमा छन् । भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ कम जनशक्ति र उपकरणका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्