मधेस प्रदेशको स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौं। मधेस प्रदेशको स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त हुनुभएको छ ।
मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार भएसंगै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले काँग्रेसका वीरेन्द्र सिंहलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभयो ।
सिंह गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं ४ (क) बाट निर्वाचित हुनुभएको थियो ।
नवनियुक्त मन्त्रीको आज दिउँसो १ बजे पद तथा गापेणीयताको शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको जनाइएको छ ।