Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मुलुकमा ५ हजार दन्त चिकित्सक, दन्त चिकित्सा क्षेत्र अझै पनि ओझेलमा

दन्त स्वास्थ्यका बारेमा पर्याप्त बहस नभएको र यसले मुखको स्वस्थ्यमा जोखिम निम्तिन सक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा मुख स्वास्थ्यसम्बन्धि समस्या उच्च रहको भन्दै चिन्ता व्यक्त गरिएको छ । दन्त स्वास्थ्यका बारेमा पर्याप्त बहस नभएको र यसले मुखको स्वस्थ्यमा जोखिम निम्तिन सक्ने उनीहरूको भनाइ छ ।

सहरी क्षेत्रमा भन्दा नेपालका दुर्गम क्षेत्रमा दन्त रोग सम्बन्धि चेतना र पहुँच अझैपनि निकै कम भएको उनीहरूको अनुभव रहेको छ । नेपाल डेन्टल एसोसिएसनको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्ने क्रममा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सो धारणा व्यक्त गरिएको हो ।


मुख स्वास्थ्य सम्बन्धि समस्यालाई हेलचेक्राइको रुपमा लिन नहुने र यसबारे सचेतना फैलाउन आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्। दन्तसम्बन्धी प्रभावकारी अभियान नचाले मुख सम्बन्धी समस्याले जटिल रूप लिनसक्ने देखिन्छ । खासगरी तुलनात्मक रूपमा दन्त चिकित्सा क्षेत्र अझै पनि ओझेलमा परेको देखिन्छ । यसमा सुधारको समेत उत्तिकै आवश्यकता देखिन्छ । हाल मुलुकमा करिब ५ हजारको हारहारीमा दन्त चिकित्सक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्