Logo
|
Thursday 9th May 2024
Logo

epaper

अनुहारको चाउरिपना हटाउन बोटक्स विकल्प ! कसले प्रयोग गर्ने कसले नगर्ने ?

बोटक्सको मूल्य प्रति युनिट ४ सय देखि ६ सय रुपियाँसम्म



डा. एलिना कार्की, छाला तथा सौन्दर्य विशेषज्ञ

बोटक्स क्लोस्ट्रिडियम बोटुलिनम नामक व्याक्टेरियाबाट उत्पादित न्युरो टोक्सिन हो । अनुहारको चारीपना समस्या समाधानका लागि बोटक्स उपचार विश्वव्यापी रुपमा एन्टि रिंकल इन्जेक्सन हो ।

बोटक्सको प्रयोगले चलिरहने छालालाई टाइट गर्छ । मांशपेशीलाई आराम दिन्छ र छाला चिल्लो बनाउँछ । साथै चाउरी परेको छाला तन्काउँछ र उमेरदार व्यक्तिलाई जवान देखाउन मद्धत गर्छ ।

इन्जेक्सन मार्फत चाउरीपरेको भाग जस्तैः निधार, आँखी भौंको बीच भाग, हाँस्दाखेरि देखिने आँखा वरिपरीको चाउरीपन, नाक खुम्च्याउँदा हुने चाउरिपना आदिमा बोटक्स उपचार गरिन्छ । यसका साथै अण्डा आकारको अनुहारको सेप बनाउन, मोटो घाँटीलाई सानो बनाउन, अनुहारको पोर्सको साइज सानो बनाउन बोटक्स उपचार प्रयोग गरिन्छ ।


बोटक्सको असर २४ देखि ७२ घण्टामा देखिन शुरु हुन्छ । अप्टिमम परिणाम १४ दिनमा देखिन थाल्छ ।


दुईहप्तामा चिकित्सकको फलोअपमा जानुपर्छ चाउरीपना हटाउन गरिएको बोटक्स उपचारको आयु करिब ४ देखि ६ महिनासम्म हुन्छ । पुनः बोटक्स प्रयोग गर्दा पहिलाको तुलनामा धेरै युनिटको आवश्यकता पर्दैन ।

वोटक्स मांशपेशीलाई रिल्याक्स गर्ने टक्सिन भएकाले प्रयोग गर्न नजान्दा आईब्रो टोसिस, आइलिड टोसिस, अनुहारको विषमता, स्पक आइब्रोलगायतका धेरै साइड इफेक्टहरू हुनसक्छन् । तर दक्ष व्यक्तिबाट लगाउँदा समस्या हुँदैन । कतिपयलाई सामान्य दुखाइ हुनसक्छ । डराउनु पर्दैन । निको हुन्छ ।

औषधि व्यवस्था विभागको दर्ता सूचिमा रहेको बोटक्स मात्र प्रयोग गर्नुपर्छ ।

मसल्स मास धेरै हुने भएकाले महिलाको तुलनामा पुरूषलाई धेरै युनिट आवश्यकता पर्नसक्छ । सामान्यत १५ देखि ५० युनिटसम्म बोटक्स लाग्नसक्छ । तर धेरै चाउरीपना या अरु मेडिकल कन्डिसनको उपचार गर्दा यो भन्दा धेरै मात्राको आवश्यकता पनि पर्न सक्छ । न्युरो मस्कुलर डिस्अर्डर ( मायस्थेनिया ग्रेविस, मल्टिपल स्केलेरोसिस), गर्भवती, स्तपान गराउने महिलाहरू, बोटक्स लगाउने भागमा संक्रमण, केलोइड हुने मौका भएका र बोटक्ससँग एलर्जी भएका व्यक्तिलाई बोटक्स उपचार प्रयोग गर्न हुँदैन ।

सावधानी
बोटक्स लगाइसकेपछि निलो डाम, हल्का दुख्ने, सुन्निने, हल्का टाउको दुख्ने हुनसक्छ । तर यो केही दिनमा आफैं हराएर जान्छ । लामो समयसम्म कुनै पनि साइड इफेक्ट हुँदैन । यसलाई हाम्रो शरीरले आफैं पचाउँछ । बोटक्स लगाइसकेपछि चार घण्टासम्म सुत्न र माड्न हुँदैन । पटकपटक छुन पनि हुँदैन । २४ घण्टासम्म कडा शारीरिक परिश्रम गर्न हुँदैन ।

बोटक्सको मेडिकल उपचार
माइग्रेनका कारण हुने टाउको दुखाई, हाइपरएक्टिभ ब्लाडर (छिनछिनमा पिसाब लागि रहने), आँखा झिमझिमाउने रोग, रातको समयमा दाँत किट्ने समस्या जसले दाँत खिइँदै गएको समाधानका लागि पनि बोटक्स उपचार गरिन्छ । यसैगरी काखी, हत्केला, पैतालामा आवश्यक भन्दा बढी पसिना आउने समस्या नियन्त्रणका लागि बोटक्सको प्रयोग गरिन्छ । दुर्घटनामा मसल्स, स्पाइनल कर्डमा चोट लागेर मांशपेशी इन्भोलुन्टरी मुभ (हल्लिरहने) जस्ता समस्यालाई पनि बोटक्स उपचारले नियन्त्रणमा राख्न मद्धत गर्छ ।


बोटक्सको मूल्य प्रति युनिट ४ सय देखि ६ सय रुपियाँसम्म लिएको पाइन्छ ।

(डा. कार्की विगत १० वर्षदेखि नेपाल एपिएफ अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्