Logo
|
Thursday 23rd January 2025
Logo

epaper

पेटसम्बन्धि समस्याको फलोअपका लागि कांग्रेस सभापति देउवा आज सिंगापुर प्रस्थान गर्दै



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पेटको समस्यासम्बन्धि नियमित फलोअपका लागि आज एक साताका लागि सिंगापुर जाँदै हुनुहुन्छ ।

केही वर्ष अघिदेखि सिंगापुरको अस्पतालमा पेटसम्बन्धि समस्याको उपचार गराउँदै आउनुभएको छ । साथमा उहाँकी धर्मपत्नी आरजु देउवा पनि जाँदै हुनुहुन्छ ।

उहाँ आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जान लागेको निजी सचिव केशवराज जोशीले जानकारी गराउनुभएको छ । यसअघि २०७६ साल जेठमा स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्