Logo
|
Thursday 23rd January 2025
Logo

epaper

स्याफ्रुवेशी स्वास्थ्यचौकीमा औषधिबाट गरिने १० हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा



जनस्वास्थ्य सरोकार, रसुवा । रसुवाको स्याफ्रुवेशी स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरू गरिएको छ ।

गोसाईंकुण्ड गाउँपालिका–५ मा रहेको सो स्वास्थ्यचौकीमा औषधिबाट गरिने १० हप्तासम्म सुरक्षित गर्भपतन सेवा शुरू गरिएको हो ।

सो सेवा स्वास्थ्यचौकीबाट गोप्य तथा निःशुल्क प्रदान गरिने स्याफ्रुवेशी स्वास्थ्यचौकीले बताएको छ । गोसाईंकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङले सो सेवाको उद्घाटन गर्नुभएको थियो । गर्भपतन सेवाका लागि आवश्यक पर्ने औषधि, उपकरण, सूचीकृत प्रमाणपत्र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष दावा मिग्मार तामाङले स्वस्थ्यकर्मीलाई हस्तान्तरण गर्नुभयो । साथै उहाँले रिवन काटेर निःशुल्क गर्भवतन सेवाको शुभारम्भ गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्