नेपाली डर्मा उत्पादनले वार्षिक ३० प्रतिशत आफ्नो शेयर बढाउँदै
भारतीय कम्पनिका उत्पादनहरू नेपालको नियामक निकायमा बिना दर्ता भ्याट तिरेको आधारमा भित्रिरहेको अवस्था
शर्मा विगत ८ वर्षदेखि मारुती फर्मामा प्रोडक्ट एण्ड मेडिकल ट्रेनिङ डिर्पाटमेन्ट (पिएमटी) को प्रमुख अर्थात् प्रोडक्ट म्यानेजरको भूमिका निर्वाह गर्दै आउनुभएको छ । शर्माले पोखराको स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्स कलेजबाट सन् २००९ मा बी फार्म र २०१४ मा क्लिनिकल फार्मेसीमा मास्टर्स गर्नुभएको थियो । औषधिको क्षेत्रमा दश वर्षको अनुभव सँगालेकी शर्मा नेपाली औषधिको गुणस्तर र चुनौतिबारे के भन्नुहुन्छ ? जानौं उहाँको आफ्नै शव्दमा ।
चुनौति के देख्नुभएको छ ?
नेपालमा औषधि उद्योग एक्जीस्ट भएको तीन दशकभन्दा बढी भइसकेको छ । तर अहिलेसम्म पनि स्वदेशी औषधि बजारमा विदेशी (इन्डियन) उत्पादनहरूको वर्चस्व रहेको पाइन्छ ।
विदेशी औषधि हावी हुनमा कस्को कमजोरी देख्नुहुन्छ ?
औषधि व्यवस्था विभागमा रजिस्टर्ड भएका औषधि मात्र बिक्री वितरण गर्न पाइन्छ । भारतीय कम्पनिका उत्पादनहरू नेपालको नियामक निकायमा बिना दर्ता भ्याट तिरेको आधारमा उत्पादनहरू भित्रिरहेका छन् ।
प्रभावकारी अनुगमन भइरहेको छैन । साथै नेपाली कम्पनिहरूले पनि चिकित्सकहरूको विश्वास जित्न सक्नुपर्छ उपभोक्ताहरूमा स्वदेशी उत्पादनहरू प्रति विश्वास हुनुपर्छ ।
गुणस्तर कायम राख्ने आधार के के छन् ?
नेपाली औषधिका सम्पूर्ण उत्पादन विश्व स्वास्थ्य संगठन कुशल उत्पादन अभ्यास (डब्लुएचओ जीएमपी) गाइडलाइन अनुसार हुने गर्छ ।
क्वालिटी कन्ट्रोल औषधि उद्योगको महत्वपूर्ण पाटो हो । कच्चा पदार्थको गुणस्तर पास भइसकेपछि उत्पादनका विभिन्न चरणमा इन प्रोसेस टेस्टिङ गर्नुपर्छ । औषधि फर्माकोपियल (यूएसपी, बीपी, आईपी) भएमा फर्मा कोपियल गाइडलाइन अनुसार आरएस, इम्प्युरिटिज, डिसोलुसन, एसे टेष्ट गर्नुपर्छ भने इन हाउस प्रोडक्टका लागि एनालाइटिकल मेथड भ्यालिडेसन (एएमभी) गर्नुपर्छ । सबै पारामिटर्स ठीक भइसकेपछि इस्ट्याविलिटी टेष्ट गर्नुपर्छ । रियल टाइम र एक्सिलेरेटेड कन्डिसनमा इस्ट्याविलिटी टेष्ट गरिन्छ । इस्ट्याविलिटी स्पेसीफाइड टाइम पास भइसकेपछि मात्र उत्पादन अनुज्ञापत्र प्राप्त गर्न सकिन्छ । त्यसपछि बिक्रिवितरण प्रमाणपत्रका लागि प्रक्रिया अघि बढाउनुपर्छ ।
नेपालमा डर्मा मार्केटको स्कोप कस्तो छ ?
नेपाली बजारमा स्वदेशी कम्पनिहरूले ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् । साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड इन्भाइरोमेन्ट SAWTEE) ले सन् २००५ मा गरेको अध्ययनअनुसार, नेपाली औषधि कम्पनिहरूले बजारको ३० प्रतिशत ओगटेको र नेपाली औषधि उद्योगको खपत् आन्तरिक बजारमा वार्षिक १० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
हाल नेपालमा स्वदेशी औषधि बजारको आकार ५४ अर्बको हाराहारीमा पुगेको छ । जसमा डर्माको सेयर ६–७ प्रतिशत छ । त्यसैले नेपालमा डर्मा सेग्मेन्टको बजार आकार करिब ३ अर्ब ५० लाख रहेको छ र बार्षिक रूपमा ३० प्रतिशतले बृद्धि भइरहेको छ । यसमा ठूलो हिस्सा कस्मेस्युटिकल्स (मेडिको–कस्मेटिक्स) को योगदान रहेको छ
कस्मेटिक डर्माटोलोजी अन्तर्गत लेजर थेरापी, नन् सर्जिकल फेस लिफ्ट, डर्मा फिलर, कस्मास्युटीकल्स आदि रहेका छन् । कस्मेटोलोजी मुख्यतया सौन्दर्यसँग सम्बन्धित छ । बढ्दो सचेतनाले कस्मेटिक उत्पादनहरूको बजार फराकिलो बन्दै गएको छ ।
छालामा हुने सुक्ष्मजीवहरूले ब्याक्टेरियल, फंगल, भाइरल लगायतका विभिन्न इन्फेन्क्सनहरू निम्त्याउँछन् । जस्तैः आदि । छालाजन्य औषधिहरू एलर्जी, एक्जिमा, डर्माटाइटीस्, सोरायसीस् जस्ता छालाजन्य विकारहरुमा प्रयोग हुन्छन् । छालाजन्य उत्पादनहरूमध्ये कर्टिकोस्टेरोइड, एन्टीवायोटिक, एन्टीफंगल आदि औषधिहरूको माग धेरै हुने गर्छ । क्लिनिकल डर्माटोलोजीमा कार्टिकोस्टेरोइड, एन्टीइन्फेक्टीभ्स (एन्टीफंगल, एन्टीव्याक्टेरियल) एन्टीएक्ने, डीपीग्मेन्टीङ एजेन्ट्स आदिको प्रमुख योगदान छ । यही प्रवृतिले बृद्धि हुँदै जाने हो भने नेपाली डर्मा मार्केटमा क्लिनिकल र कस्मेटिक डर्माटोलोजी दुवैको स्कोप एकदमै राम्रो छ ।
औषधिको गुणस्तर कसरी घट्न सक्छ ?
नेपाली उत्पादनहरूको गुणस्तरमा कुनै समस्या छैन । तर ढुवानी र भण्डारणमा तालमेल नमिलेमा गुणस्तर घट्न सक्छ । त्यसैले यसप्रति सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।