Logo
|
Thursday 2nd May 2024
Logo

epaper

नेपालमा पहिलो पटक भेटियो मंकिपक्स संक्रमित, शिक्षण अस्पतालमा उपचार हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसबाट ग्रसित महिला फेला परेकी छिन् ।

केही दिनअघि नेपाल आएकी एक जना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनमा मंकिपक्स भाइरसबाट हुने ‘एमपक्स’ पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

उक्त विदेशी महिलामा ज्वरोसहित मंक्किपक्स जस्तै लक्षण देखिएपछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन् । उनीमाथि देखा परेको लक्षण अनुसार संकलन गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो ।

मंकिपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन् । नेपालमा भने पहिलो पटक फेला परेको हो । गत वर्ष यसले विश्वमा महामारीको रूप लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्