Logo
|
Sunday 5th May 2024
Logo

epaper

कस्तो अवस्थामा लिने पिआरपी थेरापी



डा. रजनी अग्रवाल, वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ

रगतबाट प्लेटलेट प्लाज्मा छुट्याएर समस्याग्रस्त भागमा प्रयोग गर्ने प्रविधिलाई प्लेटलेट्स रिच प्लाज्मा (पि.आर.पी.) थेरापी भनिन्छ ।

रगतका कोषिकाहरुबाट प्लेटलेट्स छुट्याएर इन्जेक्सन वा माइक्रो निडलको माध्यमबाट पि.आर.पी. गरिन्छ । रगतको प्लेटलेट्स कोषिकाभित्र २० थरी भन्दा बढी ग्रोथ फ्याक्टरहरु हुन्छन् । यसका लागि १० देखि ३० मिलिलिटर (एमएल) जति रगत निकाल्नुपर्छ, । त्यसबाट प्लेटलेट्स छुट्याउनुपर्छ ।


चम्किलो अनुहार, डण्डिफोर, खत, चायापोतो, आँखाको तलको धव्वा हटाउन, कपाल झर्ने समस्या समाधान गर्न पिआरपी गरिन्छ । यो महिनामा एक सेसन पूरा गर्नुपर्छ ।

यसको परिणाम एक हप्तादेखि १० दिनमा देखिन शुरू हुन्छ । पिआरपीको खर्च प्रति सेसन ३ हजार ५ सयदेखि ८ हजारसम्म पर्नसक्छ ।

पि.आर.पी. आफ्नै रगतबाट बनाइने भएकाले शत्प्रतिशत सुरक्षित मानिन्छ । पि.आर.पी. गरेकाहरूले खानपान र जीवनशैलीमा पथपरहेज गर्नुपर्दैन ।

प्रतिक्रिया दिनुहोस्