Logo
|
Sunday 5th May 2024
Logo

epaper

अनुहारमा चायापोतो किन आउँछ ?

चाया हटाउने चक्करमा कडा स्टेरोइड मिसाइएको क्रिम प्रयोग नगर्नुस्



डा. एलिशा भट्टराई,कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट

छालाको मेलानोसाइट्स कोष सक्रिय भएर आवश्यक भन्दा बढी मेलानिन तत्व उत्पादन गर्दा अनुहारमा चाया पोतो आउँछ । यो गाला, निधार, नाकको डाँडीमा बढी देखिन्छ । चायाँपोतो घातक रोग त होइन । तर सौन्दर्यलाई कुरूप बनाउन सक्छ । यो महिला पुरुष दुवैमा देखिनसक्छ ।

कारक तत्व

घामको परावैजनिक किरणको प्रभाव, महिलाहरूमा हर्मोनल परिवर्तन, थायराइडको समस्या, गर्भावस्थाको समय, आकस्मिक गर्भ निरोधक पिल्सको सेवन गर्ने महिलाहरूमा धेरै देखिनसक्छ । यो वंशाणुगत पनि हुनसक्छ । कतिपय अवस्थामा चायाँपोतो आउने कारण नै थाहा नहुनसक्छ ।

कतिपय व्युटिपार्लरहरूमा कडा स्टेरोइड मिसाइएको क्रिम लगाउन दिएको पाइन्छ । शुरूमा हराएको जस्तो लागेपनि लगाउन छाडेपछि पुनः आउँछ । कडा स्टेरोइड मिसाइएको क्रिम लामो समयसम्म प्रयोग गर्दा छाला पातलो भएर अन्य जटिल समस्या देखिनसक्छ ।

उपचार

लगाउने मल्हम, केमिकल पिलिङ, खाने औषधि, लेजर थेरापीबाट चायापोतोको उपचार गरिन्छ । बाहिर निस्कदा क्याप वा ह्याटको प्रयोग गर्नुपर्छ । लामो समयसम्म कडा स्टेरोइड मिसाइएको क्रिम प्रयोग गर्न हुँदैन ।

यो निर्मुल पार्न गाह्रो हुने रोग हो । आउने र जाने गरेर सताउन सक्छ । साथै नियमित चिकित्सकीय उपचारमा वस्नुपर्छ । थायराइड र हर्मोनल समस्याको समयमै उपचार गराउनुपर्छ ।

(डा. भट्टराई स्किन सिटीमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्