एभरेष्ट पेरेन्टेरलकी निर्देशक नेहा अग्रवाल ‘टप टेन लिडर्स इन नेपाल—२०२३’
आफ्नो घर व्यवस्थापन, छोरीको हेरचाहदेखि एभरेष्ट प्यारेन्टेरल्समा गरेको असाधारण नेतृत्व र उद्योगमा गरेको योगदान महत्वपूर्ण
जनस्वास्थ्य सरोकार, काठमाडौं । एभरेष्ट पेरेन्टेरल प्रा.लि.की निर्देशक नेहा अग्रवाल सिईओ इनसाइट अफ एसियाको ‘टप टेन लिडर्स इन नेपाल—२०२३’ का लागि छनौटमा पर्नुभएको छ ।
नेहाले आफ्नो घर व्यवस्थापन, छोरीको हेरचाहदेखि एभरेष्ट प्यारेन्टेरल्समा गरेको असाधारण नेतृत्व र उद्योगमा गरेको योगदान महत्वपूर्ण छ ।
नेहा इन्जेक्टेवल उत्पादनमा कसरी नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ ? भन्ने अभियानमा अघि बढिरहनुभएको छ । उहाँ भन्नुहुन्छ—‘नेपाललाई इन्जेक्टेबल उत्पादनमा आत्मनिर्भर बनाउने र न्यून लागतमा उच्च गुणस्तरको इन्जेक्सेबल उपलब्ध गराउने लक्ष्यका साथ अघि बढिरहेका छौं ।’
नेहाले कम्पनीको स्टार्टेजिक डिसिजन मेकिङ, प्रोक्योरमेन्ट, लजिष्टिकलगायत कम्पनीसँग समन्वय गरी उत्पादन व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउँदै आउनुभएको छ ।
नेहाले युनिभर्सिटी अफ ओलोङगङ दुवहीबाट इन्टरनेशनल बिजनेसमा मास्टर्स (स्नातकोत्तर) गर्नुभएको छ ।
करिब दुई अर्ब रुपैयाँ लागतमा सुरू गरिएको एभरेष्ट प्यारेन्टेरल्स एक प्रकारको इन्जेक्टेवल प्लान्ट हो जसले स्लाइन पानी उत्पादन गर्छ ।
वीरगञ्जको छातापिपरामा अवस्थित यो कम्पनीले लार्ज भोलुम प्यारेन्टेरल्स, स्मल भोलुम प्यारेन्टेरल्स, आइ ड्रप, इयर ड्रप, सिटामोललगायत जनरल औषधि उत्पादन गरिरहेको छ । यसरी लार्ज भोलुम प्यारेन्टेरल्स र स्मल भोलुम प्यारेन्टेरल्स दुवै एकै ठाउँमा उत्पादन गर्ने नेपालको यो पहिलो कम्पनी हो ।
स्लाइन पानीमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सुरू भएको कम्पनीले हाल एक सय, पाँच सय र एक हजार एमएलका बोतल उत्पादन गरिरहेको छ ।
अस्पतालमा आकस्मिक अवस्थामा प्रयोग हुने एम्पुल, भाइलमा आउने स्मल भोलुम इन्जेक्टेवल तथा साधारणतया सलाइन भनिने नर्मल स्लाइन, डेक्सट्रोज, रिङ्गर ल्याक्टेट आदि लार्ज भोलुम प्यारेन्टेरल्स समेत देशको माग धान्न सक्नेगरी उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।
स्लाइन पानी नशाबाट सिधै रगतमा जाने भएकाले यसको गुणस्तरमा सम्झौता गर्नु हुँदैन । यसकारण कम्पनीले संसारभरनै गुणस्तर मापनमा प्राथमिकतामा परेको युनाइटेड स्टेट फर्माकोपिया (युएपी), ब्रिटिश फर्माकोपिया (बिपी) को मान्यतामा आधारित रहेर स्टेरिलाइजेशन विधिबाट १२१ डिग्री सेन्टिग्रेडमा १५ मिनेटसम्म निर्मलीकरण र आरसीपीपी (रेन्डम को–पोलिमर पोलिप्रोपाइलिन) को प्रयोग भएको बोटलमा स्लाइनको लार्ज भोलुम प्यारेन्टेरल्स उत्पादन गरिरहेको छ । यसकारण गुणस्तरमा निर्धक्क हुनसक्ने अवस्था छ ।
कम्पनीले नेपालमा पहिलोपटक युरोपियन गुणस्तर बमोजिम ननपिभिसी, डिइएचपी, ननलिचिङ सेफ युरोफ्लेक्स ब्यागमा औषधिहरू बजारमा ल्याएको छ । यो नेपालमा मात्रै नभएर संसारमै नविनतम प्रविधि हो । यसका अलावा आँखामा प्रयोग हुने आइ ड्रप्स उत्पादन गरिरहेको छ ।
सन् २०१६ देखि सुरु भएको एभरेष्ट प्यारेन्टेरेल्स सन् २०२० बाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । यसमा आर.एन.डी. (रिसर्च एण्ड डेभलप्मेन्ट), युटिलिटी, फेसिलिटीको दायरा ठूलो छ । कम्पनीको उदेश्य नै नेपाललाई स्लाइनमा आत्मनिर्भर गराउने रहेको छ ।