Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले साउन १ गतेदेखि केएमसीबाट उपचार सेवा दिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले अब काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिनुहुने भएको छ ।

चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा. सायमी केएमसीमा आवद्ध हुनुभएको हो ।

प्रा.डा. सायमीले साउन १ गतेदेखि उपचार सेवा शुरु गर्ने केएमसीकी अध्यक्ष सोइना शर्माले जानकारी दिनुभयो ।

उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा. सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउन लागेको हो ।

शहीद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गर्नुभएको थियो । उहाँले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई अध्यापन गराउदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्