Logo
|
Saturday 27th July 2024
Logo

epaper

हिमालय एयरलाइन्सद्वारा नेपाल अर्थोपेडिक अस्पताललाई एयर कन्डिसनर हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हिमालय एयरलाइन्सले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वका गतिविधिहरू लागु गर्न कदम चालेको छ ।

एयरलाइन्सले एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ ।

एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले अस्पतालका डाइरेक्टर डा. कैलाश कुमार भण्डारीलाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गर्नुभयो ।

अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ । त्यहाँ बिरामीहरूले आवश्यक परेको बेला सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्