Logo
|
Sunday 8th September 2024
Logo

epaper

मधुमेहका बिरामीले दूध खाने कि नखाने ?



दूध स्वास्थ्यका लागि अत्यन्तै लाभकारी मानिन्छ । दूधमा क्यालसियम भरिपूर्ण हुन्छ । यो प्रोटीन, भिटामिन र क्यालसियमको एक राम्रो स्रोत पनि हो, जुन सम्पूर्ण स्वास्थ्यका लागि धेरै नै आवश्यक छ । तर यति धेरै गुण भए पनि मधुमेहका बिरामीले दूध खाने कि नखाने भन्ने अन्योल पनि छ ।

दूध शरीरका लागि आवश्यक भए पनि यसमा धेरै मात्रामा बोसो र काब्र्स हुन्छ जुन मधुमेहका बिरामीका लागि उपयुक्त मानिदैन ।

यहाँ मधुमेहका बिरामीले दूध सेवन गर्नुपर्छ कि पर्दैन भन्ने चर्चा गरिएको छ । यदि तपाईँ मधुमेहका बिरामी हुनुहुन्छ तर तपाइँलाई दूध खान मन लाग्यो भने केही कुरामा ध्यान राख्नु जरुरी छ ।

मधुमेहका बिरामीले दूध खाने विषयमा धेरै अन्योल पनि छ । तर यस्ता बिरामीले केही कुरामा ख्याल गर्यो भने दूधले फाइदा नै पुर्याउँछ ।

दूधमा पेप्टिन नामक एउटा तत्व हुन्छ जसले रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्छ । शरीरमा क्यालसियम र प्रोटिनको कमी पूरा गर्न मधुमेहका विरामीले सीमित मात्रामा दूध खान सक्छन् । धेरै दूध पिउनु मधुमेहका बिरमीका लागि घातक पनि हुन्छ । यसमा बोसो, काब्र्स र लेक्टोज अर्थात प्राकृतिक चिनी रहन्छ, जसले रगतमा चिनीको मात्रालाई बढाउन मद्दत गर्छ ।

कति दूध पिउने ?
मधुमेहका बिरामीले एक गिलासभन्दा बढी दूध खानु हुँदैन । कम बोसोयुक्त दूध नै पिउँदा लाभदायी हुन्छ । यसबाट रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ ।

कति बेला पिउने ?
मधुमेहका बिरामीले राति खाना खाएर सुत्नु अघि भन्दा बिहानको खाजामा सन्तुलित मात्रामा दूध पिउनु पर्छ । किनभने रातिको तुलनामा बिहानको समयमा रगतमा चिनीको स्तर सामान्यतया कम रहन्छ ।

यसका अतिरिक्त मधुमेहका बिरामीले दूधमा बेसार वा दालचिनी मिसाएर सेवन गर्यो भने पनि स्वास्थ्यका लागि अति नै लाभदायी हुन्छ । यसबाट रगतमा चिनीको स्तर बढ्ने मात्रा पनि कम हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्