Logo
|
Wednesday 23rd October 2024
Logo

epaper

डेंगी रोग फैलन नदिन नेपालमै पहिलोपटक वायो लार्भिसिद छर्कदै काठमाडौँ महानगर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीब्र दिएको छ ।

महानगरपालिकाले नेपालमै पहिलो पटक लाम्खुट्टेको लार्भा नस्ट गर्ने जैविक औषधि ‘वायो लार्भिसिद’ प्रयोग गर्न लागेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार ‘वायो लार्भिसिद’ कोे प्रयोगले लामखुट्टे र त्यसका लार्भाबाहेक कसैलाई हानी पुर्याउँदैन । ‘यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ’, मेयर शाहले भन्नुभयो ।

यो औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने बताईएको छ ।


लार्भा नष्ट गर्ने अभियानका लागि महानगरले ६४ जना नगर प्रहरी खटाएको छ । उनीहरु वायो लार्भिसाइडसहित हरेक वडामा जानेछन् । पानी जमेको ठाउँ खोज्नेछन् । त्यहाँ लार्भिसाइड छर्किनेछन् । यसका लागि सोमबार राष्ट्रिय सभा गृहबाट कार्यक्रम आरम्भ गर्दै फिल्डमा जाने नगर प्रहरीहरुलाई प्राविधिक र व्यवहारिक सिप सिकाइएको थियो ।

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्