Logo
|
Friday 26th July 2024
Logo

epaper

केमसान उपत्यका शाखाको दोस्रो बार्षिकोत्सव सम्पन्न

समयमा भुक्तानी नपाउँदा व्यापारको निरन्तरतामा कठिन भएको व्यवसायीको गुनासो



जनस्वास्थ्य सरोकार, भक्तपुर । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) उपत्यका शाखाको दोस्रो बार्षिकोत्सव भक्तपुरमा सम्पन्न भएको छ ।

२०७९ मा स्थापना भएको उपत्यका शाखाको सक्रिय साधारण सदस्य संख्या १३६ र आजिवन सदस्य ३५ जना गरी १७१ सदस्य रहेका छन् ।


सो कार्यक्रमको प्रमुख अतिथिको आशनबाट मन्तव्य राख्दै केमसानका केन्द्रिय अध्यक्ष एवं उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य (वस्तुगततर्फ) भक्तबहादुर हमालले भन्नुभयो—‘मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको हुने भएकाले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले कञ्जुस्याई गर्न हुँदैन ।

बजारमा ९० प्रतिशत उधारोमा स्वास्थ्य सामाग्री दिनुपर्छ र समयमा भुक्तानी नउठ्दा व्यापारको निरन्तरतामा आर्थिक जटिलता थपिने गरेको छ । त्यसैले सेवा प्रदायक संस्थाले सिस्टममा भुक्तानी गरिदिनुपर्छ । उधारोको सिमितता तोकिनुपर्छ । यसमा सम्बन्धित निकाय मौन बस्न हुँदैन । यसले व्यवसाय गर्ने व्यक्तिहरुमा निरासा पैदा हुन्छ ।

राज्य विमुख भइरहेको अवस्थामा व्यवसायी आफैंले भएपनि नीति बनाएर अघि बढ्नुपर्छ । सामान माग भयो भन्दैमा व्यवसायी व्यवसायीबीच अस्वस्थ्यकर प्रतिस्पर्धा हुनहुँदैन । व्यवसायीहरुले आफ्नो कमी कमजोरी सुधार गरेर अघि बढ्नुपर्छ । स्वास्थ्य सामाग्रीको आपूर्ति संवेदनशील व्यवसाय हो । त्यसैले राज्य र आपूर्तिकर्ता स्वयंमा जिम्मेवारी वोध हुनुपर्छ ।’


नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले भन्नुभयो—‘छिमेकी मुलुक भारतमा स्वास्थ्य क्षेत्रलाई राज्यले अत्यधिक प्रोत्साहन गर्छ । तर नेपालमा यस्तो छैन । त्यसैले राज्यले स्वास्थ्य सामाग्री आपूर्तिलगायत समग्र स्वास्थ्य क्षेत्रमा ठोस नीति बनाउन जरुरी छ । साथै नीजी मैत्री वातावरण सृजना गर्न ढिला भइसकेको छ ।’

केमसानका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद लामिछाने शर्माले समस्या परेको ठाउँमा केमसानका सदस्यहरु संगठित भएर वुलन्द आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

केमसानका संस्थापक महासचिव एवं केमसानको कर भन्सार तथा राजश्व समिति सभापति रामइन्द्र न्यौपानेले भन्नुभयो—‘आयातित प्रत्येक स्वास्थ्य सामाग्री प्राविधिकको निगरानीमा हुनुपर्छ । अनि मात्र सर्वसाधराण नागरिकले सेदाप्रदायक स्वास्थ्य संस्थाबाट गुणस्तरीय र भरपर्दो सेवा प्राप्त गर्न सक्छन् । ’केमसान उपत्यका शाखाका अध्यक्ष पुण्यप्रसाद नेपालको व्यवसाय गर्ने फेयर वातावरण हुनुपर्ने भनाइ छ । केमसान उपत्यका शाखाका महासचिव रविकुमार कार्कीले वार्षिक प्रगति वितरण प्रस्तुत गर्दै १६ जना साधारण सदस्य थपिएको, उपसमिति गठन, वनभोज कार्यक्रम, भित्तेपात्रो प्रकाशन, रक्तदान, मानव सेवा आश्रमलाई खाना सहयोग, फुटसल र फेलोसिप कार्यक्रम गरिएको बताउनुभयो ।


२०६१ सालमा स्थापना भएको केमसानको देशभर १५ शाखा विस्तार भइसकेको छ । मुलुकमा बार्षिक करिब २५ अर्ब भन्दा बढी स्वास्थ्य सामाग्रीहरुको कारोबार गर्ने केमसान आवद्ध ६ सय भन्दा बढी सदस्य रहेका छन् ।

सो अवसरमा केमसानका उद्योग समिति सभापति खडानन्द पाण्डे, रेगुलेटरी एफियर्स कोअर्डिनेसनका सभापति शैलेश कँडेल, सञ्चार तथा प्रचार समितिका सभापति विनय राज सिग्देल, व्यवसायिक समस्या समाधान सभापति सिताराम कार्कीलगायत केन्द्रिय सदस्यहरु अर्जुन रायमाझी, दिपक शर्मा, रेमन्त प्रसाद भट्ट, गणेशप्रसाद सापकोटालगायत उपत्यका शाखाका उपाध्यक्ष जयराम फुयाल, कोषाध्यक्ष दिपकप्रसाद दाहाल, कार्यसमिति सदस्य दिनशे कटुवा, किरण तिमिल्सिना, बिजय खनाल, ब्रम्ह शंकर बन्सल, तीर्थप्रसाद पौडेल एवं आजिवन तथा साधार सदस्य, पत्रकार, कानुनी सल्लाहकार शिवराज धिताललगायत सयौंको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्