Logo
|
Friday 26th July 2024
Logo

epaper

विश्व वाथरोग दिवसमा राजधानीका ८ ठाउँमा वाथ सम्बन्धित फोटो प्रदर्शनी हुँदै

‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) बाट बाँच्ने’



जनस्वास्थ्य सरोकार, काठमाडौं । वाथरोग निवारणका लागि नेपाल लगायत विश्वभर जागरण अभियान स्वरूप हरेक वर्ष १२ अक्टोवरमा विश्व वाथरोग दिवस मनाउने गरिएको छ ।

यस वर्ष ‘Living with an RMD  (Rheumatic and Musculoskeletal diseases) at all stages of life’अर्थात ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) बाट बाँच्ने’ भन्ने रहेको छ ।

र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज भनेको हाडजोर्नी र मांशपेशी दुख्ने समस्या हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र इन्टरनेशनल र्युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले विश्वका ३२ वटा मुलुकमा ४३ वर्षदेखि गर्दै आएको अध्ययनले साधारण जनसंख्याको ३० प्रतिशतमा र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांशपेशीदुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनले उल्लेख गरेको छ । आइलारले विश्व स्वास्थ्य संगठनको सहकार्यमा सन् १९८० देखि सो अध्ययन गर्दै आएको छ ।


नेशनल बाथरोग सेन्टरले सन् २०२१ मा आइलारसँगको सहकार्यमा नेपालका विभिन्न जिल्लाका करिब ५ हजार जनसंख्यामा गरेको अध्ययनले २६.८ प्रतिशतमा वाथ लगायत हाडजोर्नी तथा मांशपेशी दुख्ने समस्या देखाएको छ । सेन्टरले काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, मकवानपुर, मुस्ताङमा बाथरोग सम्बन्धि अध्ययन गरेको थियो ।


नेशनल बाथरोग सेन्टरले विगत १० वर्षदेखि काठमाडौंको रातोपुलगायत देशका ८ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, मुस्ताङ चोक पोखरा, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर) मावाथरोग सेन्टर सञ्चालन गरेर वाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपति बताउनुहुन्छ ।

नेपालमा करिब ८० लाख बाथरोगका बिरामी रहेको अनुमान गरिएको छ । त्यसमध्ये १० प्रतिशत जनसंख्या मात्र सही उपचारको पहुँच भित्र रहेका छन् ।

विश्व वाथरोग दिवस २०२३ का अवसरमा अक्टोवर १२ मा नेशनल वाथरोग सेन्टरले बाथ रोग बारे जनचेतना बढाउने, वाथरोगको समयमै पहिचान गर्ने र बाथरोगको जटिलतालाई रोकथामगर्ने उद्देश्यले राजधानीका ८ स्थान (कोटेश्वर, मंगलबजार, जाउलाखेल, वसन्तपुर, स्वयम्भु, महाराजगञ्ज, वौध र सिफल) मा शरीरकाविभिन्नभागमालाग्ने वाथसम्बन्धिफोटो प्रदर्शनी र मोटरसाइकल र्याली गर्न लागिएको सेन्टरका प्रवन्ध निर्देशक कक्षपतिले जानकारी दिनुभयो । सो कार्यक्रमको समापन पूर्व स्वास्थ्यमन्त्री गगन थापाले गर्ने कार्यक्रम राखिएको छ । फोटो प्रदर्शनी बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ ।


त्यसैले बाथ रोगको लक्षण समयमै पहिचान गरेर सम्बन्धित जोखिमबाट बच्न वरिष्ठ वाथरोग विशेषज्ञ एवं सेन्टरका अध्यक्ष डा. विनित वैद्यले आग्रह गर्नुभएको छ । उहाँका अनुसार, वाथरोगका प्रमुख १५ वटा लक्षणहरु यसप्रकार रहेका छन् ।

हातको औलाहरु दुख्ने वा सुन्निने, बिहान उठ्ने बेला हात, खुटृा वा जिउ अरठो हुने, खुटृाको बुढी औला वरिपरि रातो भएर टेक्न नहुने, गोलि गाँठो दुख्ने र सुन्निने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठ्ठो हुने, घुँडा दुख्ने र सुन्निने, कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्राय: राती) वा झम्झमाउने, पिडौला दुख्ने वा करकर खाने, जिउगल्ने र छिटो छिटो थकानहुने, मासंपेशीहरु कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने,चिसोमा काम गर्दा हात खुटृा निलो हुने आदि ।

प्रतिक्रिया दिनुहोस्